
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य हाल कायम रहेको दरमै यथावत राख्ने निर्णय गरेको छ। निगमका अनुसार मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ।
भारतीय आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गर्न कठिन भए पनि उपभोक्तामाथि थप भार नपार्ने उद्देश्यले हालको मूल्य कायम राखिएको हो।
निगम सञ्चालक समितिको जेठ १७ गतेको निर्णयअनुसार आगामी जुन १, २०२६ (जेठ १८ गते बिहान १२ः०१ बजे) देखि पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्यमा कुनै परिवर्तन गरेको छैन ।
हाल काठमाडौंमा पेट्रोल प्रतिलिटर रु २१७, डिजेल/मट्टितेल प्रतिलिटर रु २२५ तथा १४.२ केजी एलपी ग्यासको मूल्य रु २,१६० कायम रहेको छ। निगमले मूल्य यथावत राख्दा पनि मासिक रूपमा करिब रु ६२ करोड ८६ लाख घाटा व्यहोर्नुपरेको जनाएको छ। निगमले अन्तर्राष्ट्रिय बजारको अवस्थाअनुसार आगामी दिनमा मूल्य समायोजनबारे आवश्यक निर्णय गरिने जनाएको छ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू