
काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले दुग्ध क्षेत्रको दिगो विकासका लागि सबै पक्षबीच सहकार्य र ऐक्यबद्धता आवश्यक रहेको बताएकि छन्। “दुग्ध क्षेत्रको दिगो विकास, पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार” भन्ने नारासहित मनाइएको २६औँ विश्व दूध दिवस २०८३ को अवसरमा ललितपुर आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री चौधरीले दुग्ध क्षेत्रको दिगो विकासका लागि सबै पक्षबीच सहकार्य र ऐक्यबद्धता आवश्यक रहेको बताएकि हुन् ।
दुग्ध क्षेत्रले ग्रामीण अर्थतन्त्र, पोषण सुरक्षा, रोजगारी सिर्जना तथा गरिबी न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताएकि छन् । हाल देशभरबाट दैनिक करिब ११ लाख ५० हजार लिटर दूध औपचारिक रूपमा संकलन भइरहेको छ, जसबाट दैनिक करिब साढे ७ करोड रुपैयाँ नगद प्रवाह भएको छ । साना किसान, महिला, युवा तथा सहकारीमार्फत संगठित समुदायको आर्थिक सशक्तीकरणमा योगदान पुगेको तर्क राखिन ।
मन्त्री चौधरीले दूध, दही, घ्यू, मही, पनिरलगायत दुग्धजन्य पदार्थहरूले खाद्य तथा पोषण सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै व्यवसायिक पशुपालनमार्फत युवालाई आकर्षित गर्न सके दुग्ध क्षेत्र राष्ट्रिय अर्थतन्त्रको बलियो आधार बन्न सक्ने बताइन् । दुग्ध क्षेत्रले उत्पादन लागत वृद्धि, कम उत्पादकत्व, भौगोलिक कठिनाइ, पशुरोग व्यवस्थापन, जलवायु परिवर्तन, अपर्याप्त बजारीकरण, भुक्तानी ढिलाइ तथा गुणस्तर नियन्त्रणजस्ता चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्दै मन्त्री चौधरीले यी समस्याको समाधानका लागि सरकार सक्रिय रहेको बताइन् । कार्याक्रममा किसान, सहकारी, पत्रकारलाई सम्मान समेत गरिएको थियाे ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम