
काठमाडौं । दुध किसानले पाउनुपर्ने बक्यौता रकम १ अर्ब ३० करोड रुपैयाँमा झरेको छ । तीन महिनाअघि पाँच अर्ब रुपैयाँ रहेको बक्यौता पछिल्ला दिनहरुमा घट्दै अहिले १ अर्ब ३० करोड रुपैयाँमा झरेको हो ।
अहिले किसानको धुतको बक्यौता भुक्ताना भइरहेको कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले जानकारी दिए । उनका अनुसार सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले झण्डै ३० करोड र निजी डेरीहरुले एक अर्ब भुक्तानी गर्न बाँकी छ । सबैजसो किसानले जेठसम्मको भुक्तानी सबै पाएका र त्यसपछिको केही मात्रामा बाँकी रहेको उनले बताए । बजारको प्रक्रियाअनुसार सामान्य अबस्थामा पनि डेरीहरुले किसानले एक डेढ महिनाको भुक्तानी दिन बाँकी रहन्छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले तिहार शुरु हुनु अघि नै सार्वजनिक अपिल गर्दै दुध र दुधजन्य वस्तुको प्रयोग बढाउन आम नागरिकलाई अनुरोध गरेका थिए । अहिले धेरै दुग्धजन्य उत्पादन थन्किएका कारण उपभोग भएमा बक्यौता भुक्तानीमा सहज हुने उनको भनाइ छ ।
गर्मी याममा दुधजन्य वस्तुको खपत बढी हुने भएकोले पनि बक्यौता भुक्तानीमा सहज भएको हो । केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमर कुँवरले जाडोयाममा फेरि उत्पादन बढ्ने र खपत घट्ने अवस्था शुरु हुने हुँदा समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने बताए । नेपालमा दैनिक ६५ देखि ७० लाख लिटर दूध उत्पादन हुने गरेको कृषि मन्त्रालयको अनुमान् छ । त्यसको १७ प्रतिशत औपचारिक क्षेत्रमा, ३३ प्रतिशत अनौपचारिक क्षेत्र र बाँकी ५० प्रतिशत घरेलु प्रयोजनका लागि प्रयोग हुने गरेको सरकारी विवरण छ । समग्रमा नेपालमा दैनिक २० करोड रुपैयाँको दूध बिक्री हुने व्यवसायीहरूको दाबी छ ।













समाचार
पेट्रोलियम पदार्थको मूल्य यथावत
पूर्वाधारसँगै कृषि र पशुपालनमा जोड दिँदै म्याग्दे
क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन
रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो
चिनाखेतवासीलाई पहिरोले दिएको पीडा
स्थापना भएको २७ वर्षपछि सघन उपचार कक्ष सञ्चालन
भोटेकोशी–त्रिशूली बाढीमा क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा
पहिरो प्रभावितलाई श्रमदानबाट अस्थायी आवास
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै