
काठमाडौं । अल्पाईन स्पोटर्स फेडेरेसन नेपालको आयोजनामा काठमाडौं–कालिन्चोक टि.एस.डि. मोटरसाईकल र्याली सम्पन्न भएको छ । टुर डे हिमालयको नाममा र ब्रान्डमा गरिएको सो र्याली आउँदो वर्ष देखि अन्र्तराष्ट्रिय स्तरको नेपाली ब्रान्ड बनाउने उद्देश्य सहित आयोजना गरिएको हो ।
सातटोबाटो स्थित अल्पाईन स्पोर्टस फेडेरेसनको कार्यालयबाट शुरु भएको सो र्यालीमा २१ वटा मोटरसाईकल, ४१ जना खेलाडी तथा ८ जना प्राविधिक गरी ४९ जनाकोे सहभागिता रहेको थियो । एक्स पल्स राइडर्स क्लवको व्यवस्थापनमा सम्पन्न र्याली बनेपा–दोलालघाट–खाडीचौर–मुडे–चरिकोट हुँदै कालिन्चोकको कुरी बजारमा पुगेर समापन भएको थियो ।
समय, गती र दूरीको सिस्टमलाई संयोजन गरी व्यवस्थापन गरिएको उक्त र्यालीलाई विगु गाउँपालिका अध्यक्ष सञ्जीव ओलीले स्वागत गर्नुभएको थियो । नेपालको भूगोल र प्रकृति सुहाउँदो साहसिक खेल मार्फत दिगो पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आयोजित सो र्यालीले दोलखालाई साहसिक खेलको गन्तव्य बनाउने विश्वास गर्न सकिन्छ । नेपाल अटोमोबाइल एसोसिएसनका अध्यक्ष दशरथ रिसालले जेठ १५ गते फ्ल्याग अप गरि शुभारम्भ गरेकाे सो र्यालीको ट्रान्स हिमालयन क्षेत्रको खेलकूदमा महत्वपूर्ण योगदान पुर्याउनेछ ।













समाचार
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह
प्रधानमन्त्रीसँग छलफल सकेर फर्कंदा सिंहदरबारबाटै पक्राउ परे किस्पाङ गाउँपालिका अध्यक्ष
एटीएमबाट अब १०० रुपैयाँका नोट पनि निकाल्न पाइने, राष्ट्र बैंकले बैंकहरूलाई दियो निर्देशन
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति
कृष्णभीरको सडक सञ्चालनमा आएपछि ग्यास सहज हुन्छ : आयल निगम
सेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार साढे ४ अर्ब माथि
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान