
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्ग्सलाई ६ विकेटले हराएको छ । जीतका लागि चेन्नईले दिएको १ सय ८८ रनको लक्ष्य राजस्थानले १७ ओभर १ बलमा ४ विकेट गुमाएर भेट्टायो । राजस्थानका वैभव सूर्यवंशीले सर्वाधिक ५७ रन बनाए । कप्तान सञ्जु सामसनले ४१ रन जोडे । चेन्नईका रविचन्द्रन आश्विनले २ विकेट लिए ।
त्यसअघि दिल्लीको अरुण जैट्ली स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो । चेन्नईका आयुष महात्रेले ४३ र डेवाल्ड ब्रेभिसले ४२ रन बनाए ।
राजस्थानका आकाश मधवाल र युद्धवीर सिंहले समान ३ विकेट लिए । राजस्थान र चेन्नई यसअघि नै लिग चरणबाट बाहिरिसकेका छन् । राजस्थान ८ अङ्कसहित तालिकाको नवौं स्थानमा र चेन्नई ६ अङ्कका साथ पुछारमा छ । आईपीएल क्रिकेटमा आज मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स खेल्दैछन् ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व