
काठमाडौं । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टिभले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमा थप सैन्य कारबाही गर्नबाट रोक्ने उद्देश्यसहितको प्रस्ताव पारित गरेको छ । युद्ध नगर्ने विषयमा सार्वजनिक प्रदर्शनमा चार रिपब्लिकन सांसदहरू सामेल भएपछि २१५ मध्ये २०८ को भारी मतले यो प्रस्ताव पारित भएको हो ।
चार महिनादेखि चलिरहेको इरान युद्धलाई लिएर अमेरिकी सांसदले ट्रम्पको युद्ध अधिकार सीमित गर्न गरेको यो चौथो प्रयास हो । आलोचकहरूको भनाइमा ट्रम्प प्रशासनले कांग्रेसको स्पष्ट स्वीकृतिबिना युद्ध विस्तार गर्ने प्रयास गरिरहेको छ, जुन अमेरिकी संविधानको भावना विपरीत छ ।
यद्यपि तल्लो सदनबाट पारित भएको यो प्रस्ताव तत्काल कानुन बन्ने छैन । यसका लागि रिपब्लिकन बहुमत रहेको अमेरिकी माथिल्लो सदन सिनेटको स्वीकृति आवश्यक छ । सिनेटले अनुमोदन गरे पनि राष्ट्रपति ट्रम्पले भिटो प्रयोग गर्न सक्ने भएकाले त्यस्तो अवस्थामा प्रस्तावलाई लागू गराउन दुवै सदनमा दुई तिहाइ बहुमत आवश्यक पर्नेछ ।
युद्धविरामको सहमति भएको भनिए पनि अमेरिका र इरानबीच पछिल्ला दिनहरूमा आक्रमण र प्रतिआक्रमण भइरहेका छन् ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना