
काठमाडौं । नेपालको अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या रहेको एक अध्ययन प्रतिवेदनले पुष्टि गरेको छ । काठमाडौंमा आज एक्सनएडले सार्वजनिक गरेको प्रतिवेदनमा १३ जिल्लाका ३६१ प्रतिवेदनमा ६६ दशमलव २ प्रतिशतले ज्याला नै नपाएको र ७३ दशमलव ४ प्रतिशत श्रमिकले आंशिक ज्याला प्राप्त गरेको उल्लेख छ । तेह्र जिल्लाका ३६१ जना श्रमिकबीच सर्वेक्षण गर्दा ९३ दशमलव १, लिखित सम्झौता नभएको, ८९ दशमलव २, औपचारिक उजुरी नपरेको, २४ दशमलव ९, ढिलो भुक्तानी पाएका छन् भने १८ दशमलव ० प्रतिशतले सहमत दरभन्दा कम ज्याला पाएका छन् ।
पुरुषका तुलनामा महिलाले ३१ दशमलव १ प्रतिशतले कम ज्याला पाउने अवस्था प्रतिवेदनले देखाएको छ । असमान ज्यालाको समस्याबाट पुरुषको तुलनामा महिला श्रमिकले ३ दशमलव ५ गुणाबढी प्रभावित हुनुपरेको छ । ठेकेदार, प्रमुख रोजगारदाता र उच्च शोषणको केन्द्र हुने गरेको अध्ययन प्रतिवेदनको निष्कर्ष छ । ५७ दशमलव ३ प्रतिशत श्रमिकले ठेकेदारमार्फत ज्याला प्राप्त गर्ने, ठेकेदारमार्फत काम गर्ने श्रमिकमा लिखित सम्झौता दर ६ दशमलव ९ मात्रै रहेको र विचौलियामार्फत जोडिएका श्रमिकमा लिखित सम्झौता दर शून्य रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमाथि टिप्पणी गर्दै नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) का उपमहासचिव नरनाथ लुइँटेलले अनौपचारिक श्रमिक क्षेत्रमा ज्यालामा ठगी गरिएको बताए ।













समाचार
संविधान दिवसमा नेपाल टेलिकमको अफर, ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा
धितोपत्र बोर्डद्वारा ‘सार्वजनिक निष्काशनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा तयार
माघमा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ आयोजना हुने, ईभी र्याली र आयोजना स्थल भ्रमण गराइने
एसियाली खेलकुद भलिबलः इन्डोनेसियासँग नेपाल पराजित
कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन
भोटेकोशी बाढीः ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
२२.५ मेगावाटको जाल्दीगाड आयोजनामा ४ अर्ब ६० करोड लगानी जुट्यो
मधेस, सहकारी मन्त्रालय, काठमाडौँ महानगर र शिक्षा क्षेत्रमा सबैभन्दा धेरै उजुरी : अख्तियार