
काठमाडौं । श्रीलङ्काका व्यवसायीहरुले आफूहरु नेपालमा लगानी गर्नका लागि आफूहरु तयार रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ र सिलोन चेम्बर अफ कमर्सबीच भएको छलफलमा दुई देशबीच लगानी प्रवर्द्धनका लागि छलफल हुनुका साथै श्रीलङ्काका व्यवसायीहरुले आफूहरु नेपालमा लगानी गर्न तयार रहेको बताएका हुन् ।
महासङ्घका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले नेपालमा ४० हजार मेगावाटभन्दा बढी जलविद्युत् उत्पादनको सम्भावना रहेको उल्लेख गर्दै त्यसमा लगानी गर्नका लागि आग्रह गरेका थिए । नेपाल सरकारले जलविद्युत्मा लगानी प्रवर्द्धनका लागि सहज नीति लिएको बताउँदै सोही अनुरुप खर्बौँ रुपैयाँ लगानी आवश्यक भएकोसमेत उनको भनाइ थियो ।
“नेपालमा झण्डै दुई तिहाई बहुमतको सरकार छ, वर्तमान सरकारले विदेशी लगानी प्रवर्द्धनका लागि सहजीकरण गरिरहेको पनि छ”, उनले भने । नेपालमा पनि श्रीलङ्कामा जस्तै जडीबुटी उद्योगका लागि आवश्यक कच्चापदार्थ प्रचुर मात्रामा रहेको भन्दै सोही अनुरुप उद्योग खोल्नका लागि उनले श्रीलङ्काली उद्योगी व्यवसायीलाई उनले आग्रह गरेका थिए । हाल नेपालले सस्तो मूल्यमा जडीबुटी उद्योगका लागि आवश्यक कच्चापदार्थ निर्यात गरिरहेको उनको भनाइ थियो ।
श्रीलङ्कास्थित नेपाली दूतावासका सचिव सागर भण्डारी नेपालमा जलविद्युत्को क्षेत्रमा उच्च सम्भावना रहेको भन्दै लगानीका लागि आग्रह गरेका थिए । सिलोन चेम्बरका उपमहासचिव अलेका परेराले नेपालमा पर्यटन पूर्वाधार, जलविद्युत् र जडीबुटी उद्योगमा श्रीलङ्काका उद्योगी व्यवसायीहरू लगानी गर्न तयार भएको बताएका थिए। जडीबुटी उद्योगमा श्रीलङ्का धेरै अगाडि रहेको उल्लेख गर्र्दै उनले नेपालमा पनि सम्भावना भएकाले आफूहरु उद्योग स्थापनाका लागि तयार रहेको बताए ।
महासङ्घका तर्फबाट केन्द्रीय कार्यकारणी सदस्य भक्तबहादुर हमालले दुई देशबीचको व्यापारको सम्बधमा प्रस्तुतीकरण दिएका थिए ।













समाचार
हिमपहिरोपछि निर्मल पुर्जासहित १० जना आरोही सम्पर्कविहीन
मौलिक संस्कृतिः खिर खाएर मनाइँदै साउन १५
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान