
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आयोजना गरेको चौथो सांग्रिला साइकल र्याली भव्यतापूर्वक सम्पन्न भएको छ ।विश्व वातावरण दिवसको अवसर पारेर जेठ २३ गते शनिबार काठमाडौँमा आयोजना गरिएको साइकल र्यालीमा करीब १५ सय जना सहभागी भएका थिए । ।
काठमाडौँको गैरीधारास्थित एलिस रिसेप्सनबाट शुरु भएको र्यालीमा नारायणचौर, दरबारमार्ग, सुन्धारा, त्रिपुरेश्वर, माइतीघर मण्डल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जैनभवन, नक्साल भगवती, भाटभटेनी, सांग्रिला डेभलमपेन्ट बैंकको केन्द्रीय कार्यालय बालुवाटार, हुँदै पुन एलिस रिसेप्सन गैरीधारासम्मको १४ किलोमिटर दूरी पुरा गरिएको थियो ।
कार्यक्रमका सहभागीहरूलाई सांग्रिला डेभलपमेन्ट बैंकका सञ्चालक समिति सदस्य लिसा शेरचनले स्वागत गरिन् । यस्तै, लक्कि ड्र मार्फत विजेता बन्नुभएकी अञ्जु पराजुलीलाई सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यँकारी अधिकृत सुयोग श्रेष्ठले साइकल प्रदान गरेका छन् ।
कार्यक्रममा लक्की ड्र मार्फत नै सहभागीहरूलाई विभिन्न गिफ्ट ह्याम्पर पनि प्रदान गरिएको थियो । वातावरणको संरक्षणका साथै साइकल संस्कृति निर्माणमा सहयोग पुराउने उद्धेश्यले सांग्रिला डेभलपमेन्ट बैंकले २०७९ सालदेखि साइकल र्याली आयोजना गर्दै आएको छ ।
आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ ।
संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको सांग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्दछ ।













समाचार
सिक्टा सिँचाइ : २० वर्षमा २४ अर्ब रुपैयाँ खर्च, ५१ प्रतिशत भौतिक प्रगति
युद्धको छायामा ब्रिक्स शिखर सम्मेलन, चिनियाँ राष्ट्रपति सी भारतमा
प्लेस्टेशनले १८ वर्षमाथिका लागि बनाएको वुल्भरिन गेम जोखिमपूर्ण दाउ हो, सफल होला?
अनलाइन सट्टेबाजी खेल्ने/खेलाउने तीन जना पक्राउ
हिमालीविपद् सामना गर्न नेपाल–चीन सहकार्य आवश्यक : चिनियाँ राजदूत झाङ
बाढीका कारण बैंकका १७ वटा शाखा प्रभावित, ७२.४ करोडको क्षति
दुई दिनमा भारतबाट ३ लाख ४५ हजार सिलिन्डर ग्यास आयात
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
प्याब्सनद्वारा विपद् राहत कोषमा १२ करोड सहयोग, पाँच विद्यालयका लागि २ करोड
नेपाल पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान