
काठमाडौं । विश्वकपको तयारीअन्तर्गत भएको मैत्रीपूर्ण फुटबलमा फ्रान्स विजयी भएको छ । गएराति लिलमा सम्पन्न खेलमा फ्रान्सले उत्तरी आयरल्यान्ड लाई ३–१ गोलले पराजित गरेको हो । फ्रान्सको जितमा माइकल ओलिसेले ह्याट्रिक गर्दै टोलीलाई जित दिलाए । पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका ओलिसेले दोस्रो हाफ शुरु भएको चार मिनेटमै अर्को गोल थपेपछि फ्रान्स २–० गोलले अघि बढेको थियो ।
उत्तरी आयरल्यान्डका प्याट्रिक केलीले एक गोल फर्काउँदै खेललाई २–१ को अवस्थामा पुर्याए । तर खेलको ७५औँ मिनेटमा ओलिसेले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे र फ्रान्सको ३–१ को जित सुनिश्चित गरे । फ्रान्सले असार २ गते सेनेगलसँग खेल्दै विश्वकप यात्रा शुरु गर्नेछ । समूह ‘आई’ मा रहेको फ्रान्सले त्यसपछि इराक र नर्वेसँग प्रतिस्पर्धा गर्नेछ । फ्रान्स चार दिनअघि भएको मैत्रीपूर्ण फुटबलमा आइभरी कोस्टसँग २–१ गोलले पराजित भएको थियो ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व