
काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामै नेपालमा रेमिट्यान्स (विप्रेषण आप्रवाह) १९ खर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वैशाख मसान्तसम्मको तथ्यांकअनुसार रेमिट्यान्स आप्रवाह ४१.२ प्रतिशतले वृद्धि भई १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ पुगेको हो।
केन्द्रीय बैंकका अनुसार वैशाख महिनामा मात्र २ खर्ब ५७ अर्ब ४९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जुन एकै महिनामा प्राप्त भएको हालसम्मकै उच्च रकम हो। गत आर्थिक वर्षको सोही अवधिमा अर्थात् वैशाख महिनामा १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स प्राप्त भएको थियो।
अमेरिकी डलरमा पनि रेमिट्यान्स ३३ प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड डलर पुगेको छ । गत आवको सोही अवधिमा अमेरीकी डलरमा रेमिट्यान्स १०.६ प्रतिशतले बढेको थियो । चालु आवको वैशाखसम्म खुद द्वितीय आय (खुद ट्रान्सफर) २० खर्ब ९१ अर्ब ८६ करोड पुगेको छ। गत आवको सोही अवधिमा यस्तो आय १४ खर्ब ८० अर्ब २८ करोड रुपैयाँ रहेको थियो ।
रेमिट्यान्समा उच्च वृद्धि देखिए पनि वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्यामा भने केही गिरावट आएको छ । चालू आवको वैशाखसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ३५ हजार ५१० रहेको रहेका छ । गत आवको १० महिनामा ४ लाख ५ हजार ६१० जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका थिए । तर, पुनः श्रम स्वीकृति लिनेको संख्यामा भने वृद्धि भएको छ। वैशाखसम्म ३ लाख २६ हजार ३६४ नेपालीले पुनः श्रम स्वीकृति लिएका छन्। गत आवको अघिल्लो वर्षको सोही अवधिमा वैदेशिक राजगारीका लागि पुन श्रम स्वीकृति लिने नेपाली २ लाख ८० हजार ३१४ जना रहेका थिए ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै