
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ भने युरोको विनिमयदर घट्दा पाउण्डको मूल्य बढेको छ ।
सोमबार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४२ पैसा कायम गरिएको छ । अघिल्लो दिन पनि अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४२ पैसा नै रहेको थियो । यस्तै आज युरोको विनिमयदर घटेको छ । आज एक युरोको खरिददर १४० रुपैयाँ ४६ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०८ पैसा कायम भएको छ । अघिल्लो दिन युरो एकको खरिददर १४० रुपैयाँ ५२ पैसा र बिक्रीदर १४१ रुपैयाँ १४ पैसा रहेको थियो ।
केन्द्रीय बैंकका अनुसार आज पाउन्ड स्टर्लिङको मूल्य पनि बढेको छ । आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७२ पैसा कायम भएको छ । अघिल्लो दिन पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ८६ पैसा तथा बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा कायम रहेको थियो । त्यस्तै आज स्वीस फ्रयाङ्क एकको खरिददर १५० रुपैयाँ ८३ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ १३ पैसा र बिक्रीदर १०० रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर ८ रुपैयाँ ७१ पैसा र बिक्रीदर ८ रुपैयाँ ७५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा कायम भएको छ ।
त्यस्तै साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०९ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३ रुपैयाँ ९३ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८७ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३१ पैसा, दक्षिण कोरियन वन १०० को खरिदर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २१ पैसा र बिक्रीदर १२ रुपैयाँ २७ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८ रुपैयाँ ९२ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७ रुपैयाँ ४० पैसा, कुवेती दिनार एकको खरिददर ४३७ रुपैयाँ र बिक्रीदर ४३९ रुपैयाँ ८२ पैसा, बहराइन दिनार एकको खरिददर ३५७ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३५९ रुपैयाँ २० पैसा तय भएको छ ।
यस्तै, ओमानी रियाल एकको खरिददर ३५० रुपैयाँ १८ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ७४ पैसा तय भएको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेछ ।












समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू