
काठमाडौं । “सन् २०१६ देखि गुणस्तरीय मसला ड्राइ मिट तथा सुकुटी उत्पादन गर्दै आएको कम्पनी नेपाल ड्राई मिट प्रा.लि.ले नेपाली मौलिक स्वादलाई आधुनिक स्वरूपमा प्रस्तुत गर्दै आधुनिक जीवनशैलीसँग जोड्ने उद्देश्यसहित आफ्नो नयाँ उत्पादन ‘एनडीएम मासु चिउरा’ बजारमा ल्याएको छ। “लामो समयको उत्पादन विकास, फुड टेस्टिङ तथा प्याकेजिङ प्रक्रियापछि बजारमा ल्याइएको ‘मासु चिउरा’ विशेषगरी ट्रेकर, यात्रु तथा सक्रिय जीवनशैली भएका उपभोक्तालाई लक्षित गरी तयार गरिएको कम्पनीले जनाएको छ।
टेन्टमा बस्दा, यात्राका क्रममा, कार्यालयमा, घरमा वा जहाँसुकै सजिलै खान मिल्ने यो उत्पादनले सामान्य स्न्याक्सको विकल्प प्रदान गर्छ। प्रोटिन र कार्बोहाइड्रेटयुक्त ‘मासु चिउरा’ स्वाद र पोषणको सन्तुलित संयोजन भएको कम्पनीको दाबी छ। सहज रूपमा बोक्न र उपभोग गर्न मिल्ने भएकाले यो उत्पादन दैनिक जीवनका साथै बाह्य गतिविधिमा संलग्न उपभोक्ताका लागि उपयोगी हुने अपेक्षा गरिएको छ।
कम्पनीका अनुसार उत्पादनको गुणस्तर परीक्षण तथा प्याकेजिङ प्रक्रिया सफलतापूर्वक सम्पन्न भइसकेको छ। आगामी २९ गतेदेखि सुरु हुने स्थानीय एक्स्पो कार्यक्रममा ‘मासु चिउरा’लाई औपचारिक रूपमा प्रदर्शनी तथा प्रवद्र्धन गरिनेछ।
नेपाल ड्राई मिट प्रा.लि.ले नेपाली स्वाद र खाद्य संस्कृतिलाई आधुनिक स्वरूपमा प्रस्तुत गर्दै स्वदेशी उत्पादनको प्रवद्र्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।













समाचार
बढ्यो अण्डाको मूल्य, कति पुग्याे प्रतिक्रेट ?
सानिगाड हाइड्रोको नाफामा ३९० प्रतिशतको वृद्धि, प्रतिसेयर आम्दानी सहति अन्य सूचक कस्ता ?
प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा
सेयर बजारमा पुँजीगत लाभकर घटाउन रौनियारको माग, सेबोनलाई दिए १५ बुँदे सुझाव
निर्देशक सुब्बा र साहित्यकार अधिकारीलाई १ लाख ५० हजारको ‘दाहाल यज्ञनिधि पुरस्कार’
‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइँदै
स्रोत नखुलेको ५२ लाख नगद सहित पर्साबाट ४ जना पक्राउ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
पहिरोका कारण दोसल्लेका नौ घरपरिवार विस्थापित
नाइमा मोबिलिटी एक्स्पो आजदेखि सुरु हुँदै, विद्युतीय र नवीनतम सवारीसाधनको भव्य प्रदर्शनी