
काठमाडौं । देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका हरेक गतिविधिमा सिधै जोडन सरकारले डिजिटल प्रणाली ‘नागरिक चौतारी’ सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उक्त डिजिटल प्लेटर्फमको प्रारम्भिक (बेटा) संस्करण छिट्टै सार्वजनिक गर्ने तयारी गरेको प्रधानमन्त्री वालेन्द्र शाहका स्वकीय उपसचिव प्रकृति ढकालको भनाइ छ । उनकाअनुसार उक्त प्लेटफर्म सरकारका नीतिमाथि बहस गर्नमा मात्र सीमित नभई देशको समसामयिक विषयसँगै सरकारका योजना, नीति र अभ्यासमा नागरिकको सहज पहुँच पुर्याउने माध्यम बन्नेछ ।
“यस डिजिटल प्लेटर्फमबाट सरकारले देश विकासका लागि योगदान दिन चाहने प्रतिभावान र मिहिनेती स्वयंसेवकको खोजी पनि गर्न सक्छ । देशभित्र वा बाहिर रहेका नेपाली नागरिकले यस प्लेटफर्ममार्फत देश विकासका लागि आफनो विज्ञता योगदान गर्न सक्नुहुनेछ”, स्वकीय उपसचिव ढकालको भनाइ छ ।
राष्ट्रिय योजना आयोगका सदस्य डा पुकार मल्लले नागरिक चौतारी जनताले खोजेको सुशासनको बलियो माध्यम बन्ने र यसले सरकारी नीति तथा अभ्यासलाई थप नागरिकमैत्री एवं नतिजामुखी बनाउने विश्वास व्यक्त गरे । सार्वजनिक सेवा प्रवाह र सहभागितामूलक विकासको लागि उक्त माध्यम पारदर्शी हुने उनको भनाइ छ ।
हरेक नागरिकले सरल र सहजै रूपमा प्रयोग गर्न सक्ने गरी तयार भइरहेको नागरिक चौतारी डिजिटल प्लेटफर्मका साथै देशभरका नागरिकसँग प्रत्यक्ष ‘इन–पर्सन’ कार्यक्रममार्फत पनि जोडिने तयारी रहेको उनले जानकारी दिए ।
फेसबुक प्रतिक्रिया













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि