
बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकालाई कुसुमदेखि अगैयासम्मको राप्ती नदी खण्डलाई जल पर्यटनको गन्तव्यका रुपमा विकास गर्न विस्तृत प्रतिवेदन (डिपिआर) तयार भएको छ । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले यहाँस्थित पर्यटनस्थललाई आकर्षक गन्तव्यका रुपमा चिनाउन विस्तृत प्रतिवेदन अन्तिम तयारीमा रहेको जानकारी दिए ।
उनले गाउँपालिकाको भौगोलिक बनावटले जिप लाइन सञ्चालनदेखि कुसुमदेखि अगैयासम्म करिव १२ किलोमिटर बोटिङ गरेर मनोरञ्जन लिन सकिने बताए । नेपालगन्ज र कोहलपुर बजार जानका लागि सडक सञ्जाल रहेको औल्याउँदै अध्यक्ष पौडेलले पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रलाई लगानी गर्न आग्रह गरे ।
उनले निकुञ्जको ओभरी नजिकका क्षेत्रमा हात्ती सफारी, जङ्गल सफारी र पैदलयात्राका प्याकेजसहित निजी क्षेत्रले नयाँ योजनाका खाका ल्याउँदा पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने बताए । निकुञ्जको गिद्देनीचौरमा मचान निर्माण गरी जङ्गल क्षेत्रको दृश्यावलोकन, पैदलयात्रा, जङ्गल सफारीकोसमेत व्यवस्था गरिएको छ ।
कोहलपुर, ओभरी र अगैया क्षेत्रको तीन नाकाबाट नेचरगाइडसहित निकुञ्ज प्रवेशद्वारसम्बन्धी गतिविधि भइरहेका छन् । त्यहाँबाट प्रवेश गर्नुहुने पर्यटकले पर्या–पर्यटनको आनन्द लिन सक्छन् ।













समाचार
झण्डा प्राविधिक कुरा हो, अर्थमन्त्रीको भारत भ्रमण उपलब्धीपूर्ण– रास्वपा
अब जनताले देशको चाबी श्रम संस्कृतिलाई हस्तान्तरण गर्ने सुदन किरातीको दाबी
पाल्पा जीप दुर्घटनामा घाइते एक जनाको मृत्यु, ५ जनाको उपचार हुँदै
बेनी हाइड्रोपावरको आईपीओ कहिले बाँडफाँड हुन्छ ?
परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना
भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने
दुई महिनामामा श्रम स्वीकृति लिनेकाे संख्या १ लाख बढी
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका ९ स्थानीय तह तयार
६ महिने सुत्केरी बिदा आरामका लागि होइन, आमा र बच्चाको स्वास्थ्यका लागि हो : सांसद थपलिया
ग्लोबल आइएमई सेक्यूरिटिज लिमिटेडको तेश्रो वार्षिक साधारणसभा सम्पन्न