
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालका नगरपालिकामा खानेपानी र सरसफाइ सुधारका लागि ११ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ । एडीबीले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाबाट १३ जिल्लाका ८ लाख ५० हजारभन्दा धेरै नागरिक लाभान्वित हुने जनाएको छ ।
एडीबीका अनुसार उक्त परियोजनाले खानेपानीको पहुँच विस्तार र ढल तथा फोहर पानी व्यवस्थापनमा भूमिका खेल्ने बताइएको छ । ‘नेपालमा तीव्र सहरीकरणका कारणले सहरी क्षेत्रमा अत्यधिक चाप बढ्दै गइरहेका छन् । जसले गर्दा धेरेजसो समुदायमा खानेपानी र आधारभूत स्वास्थ्य सुविधाबाट बञ्चित भइरहेका छन्’, एडीबी नेपालका ‘कन्ट्री डाइरेक्टर’ आर्नो कोश्वाले भने, ‘यो परियोजना सञ्चालनमा आएपछि खानेपानी र सरसफाइमा थप पहुँच अभिवृद्धि गर्ने आशा राखेका छौँ ।’
फेसबुक प्रतिक्रिया













समाचार
नेपाल आयल निगम भन्छः बजारमा ग्यासको अभाव छैन, नपाए फोन गर्नुस्
विभिन्न २१ मुलुकमा राजदूत नियुक्त गरिँदै
विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए
राजस्व चुहावट गरेको भन्दै पाँच जनाविरूद्ध आरोपपत्र दायर
झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा सम्पन्न
टेकुबाट मात्रै ग्यास वितरण गरेर समस्या समाधान नहुने : सांसद कार्की
अब वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य बिल लिन आन्तरिक राजस्व विभागको आग्रह
ऊर्जा मन्त्री श्रेष्ठको पहलमा टेकुमा रहेको ‘वेस्ट टु इनर्जी’ परियोजना पुनः सञ्चालनमा ल्याउने प्रक्रिया सुरू
वाणिज्य बैंकका सीईओसँग अर्थमन्त्रीको भेट : २० सीईओलाई अर्थमन्त्रीका प्रश्नैप्रश्न
राष्ट्र बैंकमा सात सदस्यीय बोर्ड नै ठीकः अर्थमन्त्री वाग्ले