
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपाली कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
शुक्रबार संस्कृति संस्थानको ५४औँ वार्षिकोत्सव समारोहमा उनले नेपाली कला, संस्कृति र परम्पराले नेपाललाई विश्वमाझ चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।
मन्त्री पौडेलले भने, “कला र संस्कृतिको हिसाबले नेपाल विश्वमै धनी राष्ट्र हो । संस्कृति, प्रकृति र विकृतिका विषयमा कलाकारहरू पनि उत्तिकै सचेत हुन आवश्यक छ ।”
संस्कृति संस्थानका महाप्रबन्धक किरणबाबु पुनले संस्थानले विगतदेखि नै नेपाली कला, साहित्य र संस्कृतिको संरक्षणका क्षेत्रमा महत्त्वपूर्ण कार्य गर्दै आएको जानकारी दिए।
उनले भने, “नेपाली कला र साहित्यको संरक्षणमा हामी निरन्तर क्रियाशील छौँ । यस अभियानमा सबैको साथ र सहयोग आवश्यक छ।” सो अवसरमा नेपाली कला, साहित्य तथा लोकसङ्गीतको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउने लोकदोहोरी गायकद्वय पुरुषोत्तम न्यौपाने, रामप्रसाद खनाललगायतलाई सम्मान गरिएको थियो।
सांस्कृतिक संस्थानको वार्षिकोत्सव अवसरमा राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३’ आयोजना गरिएको थियो। उक्त प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने सहभागी टिमलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना