
नारायणगढ । कृषि तथा वनविज्ञान विश्वविद्यालयले आज पाँचौँ दीक्षान्त समारोह गर्दैछ । विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. सुविर सिंहका अनुसार यस वर्ष विभिन्न सङ्काय र कार्यक्रमबाट उपाधि प्राप्त गरेका कुल २ हजार १ सय ९३ विद्यार्थी दीक्षान्त समारोहमा दीक्षित हुन योग्य भएका छन् । दीक्षित हुनेमा स्नातक तहका १ हजार ८ सय ३६ जना, स्नातकोत्तर तहका ३ सय २७ र विद्यावारिधि तहका ३० जना उच्च तहका प्राविधिक तथा वैज्ञानिक जनशक्ति छन् ।
रजिष्ट्रार प्रा.डा. सिंहका अनुसार पाँचौँ दीक्षान्त समारोहमा कृषि सङ्कायतर्फ कृषि स्नातक मा १ हजार ३ सय ७२, स्नातकोत्तरमा २ सय १२ र विद्यावारिधितर्फ १९ योग्य भएका छन् । त्यस्तै, पशुविज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान सङ्कायतर्फ पशु चिकित्सा तथा पशुपालन स्नातक मा ९७, पशु चिकित्सा स्नातकोत्तरमा ५१ र पशु चिक्तिसा÷पशु विज्ञान विद्यावारिधि मा २३ जना दीक्षित हुँदैछन् ।
सोही सङ्कायको मत्स्य विज्ञान स्नातकमा छ, स्नातकोत्तरमा २० र विद्यावारिधिमा ११ जना छन् । वन विज्ञान सङ«काय (हेटौँडा)तर्फ वन विज्ञान स्नातक (बीएस्सी फरेष्ट्री) मा ३ सय ४८, स्नातकोत्तरमा ३० विद्यावारिधितर्फ तीन विद्यार्थी यसपटक दीक्षित हुन योग्य भएका छन् ।
विसं २०६७ असारमा स्थापना भएको यस विश्वविद्यालयले आफ्नो स्थापनाको १६ वर्ष पूरा गरेको छ । यस अवधिमा विश्वविद्यालयले देशको कृषि, पशुविज्ञान, मत्स्यपालन र वन विज्ञान क्षेत्रको विकासका लागि उल्लेखनीय जनशक्ति उत्पादन गर्न सफल भएको छ । विश्वविद्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार स्थापना कालदेखि हालसम्म विभिन्न सङ्काय र तहमा गरी कुल ५ हजार ९ सय ६ दक्ष जनशक्ति उत्पादन भइसकेका छन् ।
मुलुकका लागि आवश्यक पर्ने उच्च तहको प्राविधिक तथा वैज्ञानिक जनशक्ति उत्पादन गरेर विश्वविद्यालयले देशको कृषि र वन क्षेत्रको रूपान्तरणमा ठूलो योगदान पु¥याउँदै आएको रजिष्ट्रार सिंहले बताए ।













समाचार
गरिबी उन्मूलनका लागि बहुआयामिक दृष्टिकोण आवश्यक : परराष्ट्र सचिव राई
अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित
निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक
बाढीपछिको पुनः स्थापना र पुनर्निर्माणका लागि अमेरिकाले थप ३१ मिलियन डलर सहयोग गर्ने
नेपाल र ग्रेनाडाबिच कूटनीतिक सम्बन्ध स्थापना
आज संसद बैठक बस्दै, के-के छन् कार्यसूची ?
फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने
आज देशैभर कांग्रेसको पालिका अधिवेशन
देशभर दोहोरो वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर