
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ रकम रकम ठगी गरेको अभियोगमा सात जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अर्घाखाँचीका–२८ वर्षीय सन्तोष अधिकारी, दाङका–२९ वर्षीय हेमन्त केसी, सुनसरी घर भएका ४२ वर्षीय सुकदेव राई, सोही नगरपालिका–३ बस्ने सुनसरिका ३४ वर्षीय मनिष पोदार, रूपन्देहीका–४७ वर्षीय रामरतन मिश्र, कास्कीका ३९ वर्षीय अमृत अधिकारी र रौतहटका ३५ वर्षीय मिर इसलामाना रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।
पक्राउ परेकामध्ये सन्तोषले ग्रिस पठाइदिन्छु भन्दै १० लाख, हेमन्तले क्रोएसिया पठाइदिन्छु भन्दै १३ लाख ३० हजार, सुक देवले सर्विया पठाइदिन्छु भन्दै १३ लाख, मनिषले युके पठाइदिन्छु भन्दै दुई लाख, रामले युएई पठाइदिन्छु भन्दै दुई लाख ३० हजार, अमृतले अजरबैजान पठाइदिन्छु भन्दै तीन लाख ५० हजार र मिरले युके पठाइदिन्छु भन्दै १२ लाख ६३ हजार लिएर सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रवक्ता थापा क्षेत्रीले बताए ।













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना