
तनहुँ । आधुनिकता र प्रविधिको तीव्र विकाससँगै धेरै मौलिक संस्कृति, भाषा र परम्परा लोप हुने अवस्थामा पुगेका छन् । यस्ता चुनौतीकाबिच आफ्नो मौलिक कला, संस्कृति र पहिचानलाई जोगाइराख्न तनहुँका दरै समुदायले प्रयास थालेका छन्।
तनहुँमा आयोजित प्रथम दरै मौलिक चुड्का नृत्य प्रतियोगिताले दरै समुदायको संस्कृति संरक्षणको प्रयास गरेको छ । एक समय गाउँघरका उत्सव, पर्व र सामाजिक जमघटमा अनिवार्यजस्तै प्रस्तुत हुने चुड्का नृत्य अहिले नयाँ पुस्तामाझ कम परिचित बन्दै गएपछि दरै समाज तनहुँले मौलिक नृत्यलाई पुनर्जीवित गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यसहित पहिलो पटक दमौलीमा मौलिक चुड्का प्रतियोगिता सम्पन्न गरेको छ।
प्रतियोगितामा जिल्लाका पाँच गाउँका दरै समुदायको सहभागिता थियो । सहभागी समूहले आफ्ना परम्परागत भेषभूषा, बाजागाजा र सांस्कृतिक प्रस्तुतिमार्फत दरै समुदायको मौलिक पहिचान दर्शकसामु प्रस्तुत गरेका थिए।
प्रतियोगितामा दुम्सी दरै समाज प्रथम, बैरेनी दरै समाज द्वितीय, दुम्सीचौर दरै समाज तृतीय भएका दरै समाज तनहुँका सचिव विजय दरैले जानकारी दिए । यस्तै दरै समाज सुधार समिति साखर र पोल्याङ दरै समाज सान्त्वना भएका छन् । प्रतियोगितामा अनुराग थापा, छविराम दरै र शान्ति दरैले निर्णायकको भूमिका निर्वाह गरेका थिए।
समाजका सचिव दरैले समुदायको भाषा, संस्कृति, भेषभूषा र परम्परागत कलालाई जोगाउन पहल गरिएको बताए। उनले भने, “हाम्रो मौलिक संस्कृति नै हाम्रो पहिचान हो । हामीले आफ्ना परम्परा जोगाउन सकेनौँ भने भावी पुस्ताले आफ्नो इतिहास र पहिचान गुमाउने अवस्था आउन सक्छ ।” प्रतियोगितात्मक कार्यक्रमले पुराना पुस्तामा रहेका ज्ञान, सीप र संस्कृतिलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने अवसर प्रदान गरेको उनको भनाइ छ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले परिवर्तनशील समाजमा संस्कृति संरक्षण चुनौतीपूर्ण बन्दै गइरहेकाबेला दरै समुदायले थालेको यो अभियानले अन्य समुदायलाई पनि आफ्नो मौलिक सम्पदा जोगाउन प्रेरणा दिएको बताए।













समाचार
गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर ढल प्रशोधन
राष्ट्रियसभाको बैठक बस्दै
मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई आग्रह
गरिमा विकास बैंकले कमायो १ अर्ब ६८ करोड नाफा, अन्य सूचक कस्ता ?
नेपाल लाइफको बोनस सेयर डिम्याट खातामा जम्मा
धनुषामा गतआवमा ५७ किमी सडक ढलान
नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा : अब दुई घण्टामै पुगिने
बिनादर्ता सञ्चालित व्यवसायलाई दर्ता गर्न हल्दीबारीको निर्देशन
हर्मुज सम्झौताको नजिक इरान र ओमान, अमेरिकी–इरान वार्ता पनि अघि बढ्दै
२५२ प्रतिशतले बढ्यो लुमिबनी विकास बैंकको नाफा, इपीएस कति ?