
रौतहट । सशस्त्र प्रहरीबल नेपाल, रौतहट टोलीले स्थानीय दुर्गाभगवती गाउँपालिका–३ स्थित मत्सरी घाटमा फसेका १४ जना स्थानीय महिला तथा बालिकाको सकुसल उद्धार गरेको छ।
आइतबार अपराह्न ३ः४० बजे मुमको दाल टिपेर फर्कने क्रममा बागमती नदीस्थित सो घाटको बीच भागमा रहेको अग्लो स्थानमा रही उद्धारका लागि याचना गरिरहेका ११ महिला एवं तीन बालिका गरी १४ जनाको प्रहरीले सकुशल उद्धार गरको हो।
सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षक यज्ञबहादुर योञ्जनको नेतृत्वमा खटिएको १७ जनाको टोलीले रवरको डुङ्गा प्रयोग गरी नदीमा फसेका सबैको उद्धार गरेको सशस्त्र प्र्रहरी बेसक्याम्प गौरका प्रहरी नायब उपरीक्षक प्रेमसागर विष्टले जानकारी दिए। उद्धार गरिएका सबैलाई उनीहरूको घरसम्म पुर्याएको सशस्त्र प्रहरीले बताएको छ।
फेसबुक प्रतिक्रिया













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो