
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह एलको खेलमा इंग्ल्यान्ड र घानाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । अमेरिकाको बोस्टो स्टेडियममा बुधबार बिहान चाँडै भएको खेलमा इंग्ल्यान्डले गोलको अवसर सदुपयोग गर्न नसक्दा घानासँग बराबरीमा चित्त बुझाएको हो ।
पछिल्ला पाँच विश्वकप मध्ये इंग्ल्यान्ड आफ्नो दोस्रो खेलमा बराबरीमा रोकिएको यो तेस्रो पटक हो । यस विश्वकपमा गोलरहित बराबरीमा सकिएको यो तेस्रो खेल हो । यसअघि स्पेन र केप भर्डे तथा बेल्जियम र इरानबीचको खेलपनि गोलरहित बराबरीमा सकिएको थियो । कप्तान ह्यारी केनसहित बुकायोसाका, एबेरेची एजे, मार्कुस साशफोर्ड जस्ता फरवार्ड रेको इंग्लिस टोलीको फिनिसिङ भने चुस्त हुन सकेन । केनले पहिलो खेलमा क्रोएसिया विरुद्ध दुई गोल गरेपनि आज उनको खुट्टाबाट कुनै गोल निस्केन ।
७९ प्रतिशत बल पोसेसन राखेको इंग्ल्यान्डले विपक्षीलाई पुरा नियन्त्रणमा राखेको थियो । यस्तै कूल १९ सट प्रहार गरेको थियो । बराबरीपछि इंग्ल्यान्ड र घाना दुवैले ४–४ अंक जोडेको छ । गोल अन्तरका आधारमा इंग्ल्यान्ड अघि छ । दुवैको नकआउट चरणमा पुग्ने सम्भावना बलियो छ । यस बराबरीले पहिलो खेलमा पराजित भएको क्रोएसिया र पानामाको लागि पनि केही अवसर बनेको छ । इंग्ल्यान्डले अब समूहको अन्तिम खेलमा पानामासँग खेल्नेछ भने घानाले क्रोएसियाको सामना गर्नेछ ।













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान