
काठमाडौं । फिफा विश्वकप २०२६ शुक्रबार सम्पन्न खेलमा ट्युनिसियालाई पराजित गर्दै नेदरल्यान्डस् समुह ‘एफ’को विजेता बनेको छ । भर्खरै सम्पन्न खेलमा नेदरल्यान्डस्ले ३–१ गोलअन्तरले ट्युनिसियालाई पराजित गरेको हो ।
नेदरल्यान्डस्ले खेलको तेस्रो मिनेटमै अग्रता लिएको थियो । ट्युनिसियाका इलएस सखिरीले खेलको ३ मिनेटमै आत्मघाती गोल गरेका थिए । त्यसपछि खेलको ७ औँ मिनेटमा नेदरल्यान्डस्का ब्रायन ब्रोबेले गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाए । खेलको ५६ औं मिनेटमा ट्युनिसियाले एक गोल फर्काएको थियो । जसमा हाजेम मस्तुरीले गोल गरेका थिए । त्यसपछि ६२ औं मिनेटमा नेदरल्यान्ड्स्का जान पल भान हेक्केले टोलीका लागि तेस्रो गोल प्रहार गरेका थिए ।
त्यसपछि बाँकी समयमा थप गोल हुन सकेन र नेदरल्यान्डस्ले खेल ३–१ गोलअन्तरले जित्यो । यो जितसँगै नेदरल्यान्डस्को अंक तालिकामा ७ अंक भएको छ । जसमा दुई जित र एक बराबरी छ । यो अंक उसका लागि समुहको विजेता हुन पर्याप्त रह्यो ।
अब राउन्ड अफ ३२ मा नेदरल्यान्डस्ले मोरक्कोसँग खेल्नेछ । समुह ‘एफ’कै अर्को खेलमा जापान र स्विडेनले १–१ गोलको बराबरी खेले । जसले अंक तालिकामा जापान ५ अंकसहित समुहको उपविजेता बन्दै नकआउट चरणमा पुग्यो । स्विडेन ४ अंक सहित तेस्रो स्थानमा रह्यो । जुन नकआउट चरणमा पुग्न पर्याप्त बन्यो । ट्युनिसिया भने जितविहीन रहँदै समूह चरणबाटै बाहिरिएको छ ।













समाचार
नेपालमा वैध रूपमा गरिएको लगानीको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो : अर्थमन्त्रीले
एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाट क्षमताको दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
इप्पानले बिधुत प्राधिकरणलाई पेश गर्यो १३ बुँदे माग
प्रधानमन्त्रीसँग चीनका राजदूत माओमिङको भेटवार्ता
माउण्टेन इनर्जीको सहायक कम्पनीले बनाउने ६५ मेगावाटको दूधखोलालाई जुट्यो १०.०१ अर्ब लगानी
लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली
नेप्सेसँगै घट्यो कारोबार रकम
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हर्मुजमा अलपत्र परेका जहाजहरू ‘सुपर-स्प्रेडर’ बन्न सक्ने चेतावनी
अप्पर सोलु हाइड्रोले एक वर्षमा कमायो २० करोड ८७ लाख नाफा, इपीएस कति ?