
काठमाडौं । फिफा विश्वकप २०२६ को आफ्नो समूहको अन्तिम खेलमा बराबरी खेल्दै जापान र स्वीडेन नकआउट चरणमा प्रवेश गरेका छन् । अमेरिकाको डालास स्टेडियममा शुक्रबार बिहान भएको खेलमा १–१ को बराबरी खेल्दै जापान र स्वीडेन दुवै टोलीले नकआउट चरणमा स्थान बनाएका हुन् ।
खेलको ५६ औं दाइजेन माएदाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । त्यसको ६ मिनेटमै गोल फर्काउँदै स्वीडेन खेलमा फर्कियो । स्वीडेनका लागि एन्थोनी एलान्गाले गोल गरे । जापान ५ अंकसहित समूह ‘एफ’ को उपविजेता बन्दै नकआउट चरणमा पुग्दा ४ अंक जोडेको स्वीडेन तेस्रो स्थानको उत्कृष्ट ८ मा पर्दै नकआउट चरणमा प्रवेश गरेको हो ।
नेदरल्यान्ड्स ७ अंक जोड्दै समूह विजेता बनेर नकआउट चरणमा पुग्दा ट्युनिसिया अंकविहिन बनेर विश्वकपबाट बाहिरियो । नेदरल्यान्ड्सले नकआउटमा समूह ‘सी’ को उपविजेता मोरक्कोसँग खेल्नेछ ।
जापान लगातार तेस्रो पटक नकआउट चरण प्रवेश गर्न सफल भयो । सन् १९९८ मा पहिलोपटक विश्वकप खेलेको जापान सन् २०१८, २०२२ र यसपटक नकआउट चरणमा पुगेको हो । सन् २००२ र २०१० मा पनि नकआउट चरणमा पुगेको थियो । सन् १९५८ मा फाइनलमा पुगेको स्वीडेन सन् २०१८ को विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेको थियो । सन् २०२२ को विश्वकपमा छनोट हुन नसकेको स्वीडेन नकआउट चरणमा पुगेको हो ।













समाचार
नेपालमा वैध रूपमा गरिएको लगानीको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो : अर्थमन्त्रीले
एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाट क्षमताको दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
इप्पानले बिधुत प्राधिकरणलाई पेश गर्यो १३ बुँदे माग
प्रधानमन्त्रीसँग चीनका राजदूत माओमिङको भेटवार्ता
माउण्टेन इनर्जीको सहायक कम्पनीले बनाउने ६५ मेगावाटको दूधखोलालाई जुट्यो १०.०१ अर्ब लगानी
लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली
नेप्सेसँगै घट्यो कारोबार रकम
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हर्मुजमा अलपत्र परेका जहाजहरू ‘सुपर-स्प्रेडर’ बन्न सक्ने चेतावनी
अप्पर सोलु हाइड्रोले एक वर्षमा कमायो २० करोड ८७ लाख नाफा, इपीएस कति ?