
काठमाडौं । लेबनान, इजरायल र अमेरिकाले मध्यपूर्वमा शान्ति स्थापनाको मार्ग प्रशस्त गर्ने उद्देश्यले त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन् । अमेरिकामा भएको पाँचौ चरणको वार्तापछि भएको यो सम्झौतामा लेबनानी सेनाले इजरायलले कब्जा गरेका क्षेत्रहरूको नियन्त्रण लिने र हिजबुल्लाहलाई निशस्त्र पार्ने प्रक्रिया अघि बढाउने उल्लेख रहेको समाचारसंस्था एएफपीले जनाएको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यो सम्झौताले स्थायी शान्ति र सुरक्षाको ढाँचा निर्माण गर्न थालेको बताउनुभयो । साथै अमेरिकाले मानवीय सहायताका लागि १० करोड डलर उपलब्ध गराउने पनि समझौतामा उल्लेख छ । तर, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हिजबुल्लाहले हतियार नछोडेसम्म इजरायली सेना लेबनानबाट नफर्किने बताएका छन्। हिजबुल्लाहका प्रमुख नईम कासिमले इजरायलले बिनाशर्त लेबनानी भूमि छोड्नुपर्ने माग गरेका छन् ।
यस द्वन्द्वमा अहिलेसम्म १० लाखभन्दा बढी लेबनानी विस्थापित भएका छन् भने चार हजार दुई सयभन्दा बढीको ज्यान गएको छ ।













समाचार
डलरको मूल्य स्थिर, युरो बढ्दा पाउण्ड घट्यो, कुन देशको विनिमयदर कति ?
नेपालका लायन्सहरूको तर्फबाट प्रधानमन्त्री राहत कोषमा १ कराेड बढी सहयाेग
पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक
नेपाल चेम्बर अफ कमर्सद्वारा बाढी प्रभावितका लागि राहत सामग्री हस्तान्तरण
वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
रसुवालाई वैकल्पिक सडकमार्फत जोड्ने प्रयास
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको बाढी पीडितलाई ४ करोड १ लाख सहयोग
बाढीमा बगेका ७८८ जनाको शव भेटियो
विपद्को समयमा सरकारलाई पूर्ण सहयोग गर्छौं : सभापति थापा