
काठमाडौं । आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केहि स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । ती क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकोले सावधानी अपनाउन आग्रह गरिएको छ ।
आज र भोलि मनसुनी गतिविधि बढ्ने र कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ । यी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ ।
बङ्गालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त हावाको प्रवाह क्रमशः बढ्ने क्रममा रहेकाले भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको हो । भारीदेखि धेरै भारी वर्षाको कारण भूक्षय, बाढी, पहिरोको जोखिम रहेकाले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको ठुला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।













समाचार
विश्वकप फाइनलमा निर्णायक गोल गरेका स्पेनका टोरेस पीएसजीमा अनुबन्ध
भोलि उपत्यकाका ७ ठाउँमा एलपी ग्यास बिक्री गरिने
सवारीसाधनमा एआई, सडकमा चुनौती : प्रविधिको दौडमा नेपाल कहाँ छ ?
नाइमा मोबिलिटी एक्स्पोको भोलि अन्तिम दिन, पाँच दिनमै अवलोकनकर्ताको ‘टार्गेट क्रस’
मुस्ताङमा भन्सार जाँचबिनै भित्रिएका ८ कन्टेनर प्रहरी नियन्त्रणमा
काठमाडौंमा शनिबार एकै दिन ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री
अमेरिकालाई इरानको जवाफ– सोसल मिडियामा पोस्ट गर्दैमा कब्जा हुँदैन
पार्टी फुटाएर नयाँ गठनको विपक्षमा छु : शशांक कोइराला
भारत– श्रीलंका पहिलो टेष्ट : पहिलो दिन भारत बलियो अवस्थामा, देबदत्तको शतक
पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न