राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति चाहिन्छ

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली आवश्यक रहेको बताएका छन् ।

पूर्व सांसद मञ्चले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता गौतमले २०१५ सालदेखि हालसम्म कुनै पनि प्रधानमन्त्रीले आफ्नो ५ वर्षको पूर्ण कार्यकाल पूरा गर्न नसकेको भन्दै वर्तमान प्रणाली असफल भएको टिप्पणी गरे ।

खर्चिलो निर्वाचन प्रणालीलाई सुधार्न पूर्ण समानुपातिक व्यवस्था आवश्यक रहेको गौतमको भनाइ छ । नेपालका लागि संघीयता आवश्यक नै नभएको भन्दै गौतमले संघीयता नै कायम गर्ने भए ‘केन्द्रीकृत व्यवस्था अन्तर्गतको संघीयता’ का रूपमा लैजानुपर्ने उनले तर्क गरे । गौतमले राज्यले पूर्वसांसदहरूलाई सम्मान गर्न चाहे उचित जिम्मेवारी दिन सुझाव दिए ।

फेसबुक प्रतिक्रिया

ताजा अपडेट