
दाङ । दाङको दङ्गीशरण गाउँपालिका–६ स्थित बागरमा खानेपानीको समस्या भएको छ । गाउँको बीचमा दुई मुहान भए पनि त्यहाँ ट्याङ्की नहुँदा खानेपानीको हाहाकार हुने गरेको छ । खानेपानीकै लागि आधा घण्टा हिँडेर मुहान पुग्नुपर्ने बाध्यता छ ।
त्यतिमात्रै नभई मुहानमा गएर पनि एक घण्टासम्म पालो कुनुपर्ने अवस्था रहेको स्थानीय सीता चौधरीले गुनासो गरिन । “पानी ल्याउन पोखरीसम्म जानका लागि आधा घण्टा लाग्छ, मुहानमा गए पनि पालो पाउन मुस्किल छ”, उनले भनिन् । त्यहाँ करिब डेढ सय घरपरिवार छन् । बागरको ठन्डीबजार, बनखल्यान, नयाँगाउँ, गोठीगाउँलगायत गाउँमा खानेपानीको निकै समस्या हुने गरेको छ । ती दुईवटा मुहानको पानीलाई ट्याङ्कीमा जम्मा गरेर वितरण गर्न सकेमा समस्या नहुने स्थानीय एमेशन चौधरीले बताए । “दुईवटा मुहानलाई एउटा ओभरहेड ट्याङ्की बनाएर जम्मा गरेमा सबै गाउँलाई सहजै पुग्थ्यो”, उनले भने, “घण्टौँ पालो कुर्नुपर्ने अवस्था आउने थिएन ।”
गाउँमा एउटा डिपबोरिङसमेत खनिएको छ । त्यो डिपबोरिङ खनेपछि घरघरमा धारा पनि जडान गरियो । केही समय त ती धारामा पनि पानी आयो । तर, अहिले ती धारा सुक्खा छन् । “ट्याङ्की नहुँदा पानी खेर जाने अवस्था भयो”, स्थानीय निमबहादुर खत्रीले भने, “त्यसले गर्दा पानीको सतह मोटरभन्दा मुनि गयो र धारामा पानी आउन छोड्यो ।”
खानेपानी समस्या समाधानका लागि सबै तहका सरकारलाई गुहार गरे पनि सुनुवाइ नभएको उहाँको गुनासो छ । चुनावका बेला पानीको माग पूरा गर्ने आश्वासन आए पनि त्यो समाधानका लागि पहल भएको छैन ।













समाचार
इंग्ल्यान्ड क्वाटरफाइनलमा, मेक्सिको बाहिरियो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
युनाईटेड अजोड इन्योरेन्सको साधारणसभा असार ३१ गते
काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द
विजय लघुवित्तद्धारा बार्षिक साधारणसभा आह्वान
अभियान लघुवित्त वित्तीयको साधारणसभा असार ३० गते
माउन्ट एभरेष्ट पावरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
रुपन्देहीमा बोरिङको भरमा धान रोपाइँ
युट्युब हेरेरै सुलोचना बनिन् व्यावसायिक कागती कृषक
सत्तरी लाखमा बन्यो स्वास्थ्यचौकी भवन