
काठमाडौं । सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई एक साताभित्र बयानका लागि उपस्थित हुन पत्र काटेको छ । विभागले सोमबार बुढानीलकण्ठस्थित देउवाको भग्नावशेषमा पुगेर बयानका लागि आउनू भनी पत्र टाँस गरेको हो ।
पत्रमा जयवीरमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान चलिरहेकोले बोलाएको उल्लेख गरिएको छ । विभागले यसअघि नै शेरबहादुर देउवा र आरजु राणा देउवामाथि अनुसन्धान गर्न पुर्जी काटिसकेको थियो ।
जयवीरमाथि नेपाल टेलिकमको बिलिङ ठेक्का अनियमितता र पासपोर्टको ठेक्का अनियमिततामा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धफीकरण विभागलगायतका निकायमा उजुरी परेको छ ।

फेसबुक प्रतिक्रिया













समाचार
‘विगत ३५ वर्षको हिसाब गर्ने होइन, आगामी ३५ वर्षको योजना ल्याउनुस्’
पर्वतमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु, चारजना घाइते
म्याग्दीमा एक वर्षमा चार किलोमिटरभन्दा बढी पदमार्ग निर्माण
काठमाडौँ महानगरद्वारा ९२ निजी विद्यालयको अनुमति रद्द गर्ने प्रक्रिया सुरु
वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
गरिमाको मुद्दालाई लिएर ममाथि ‘मिडिया ट्रायल’ गरियो : कानूनमन्त्री गौतम
फिफाले अर्जेन्टिनाका मिडफिल्डर लियान्ड्रो पारेदेसलाई १० खेलका लागि निलम्बित
रिमा प्रकरणमा रवि किरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’
निजी क्षेत्रप्रति अविश्वास राखेर आर्थिक विकास हुँदैन : अध्यक्ष श्रेष्ठ