
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ४२ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा रोखको छ । बैंकले ४ जना संस्थाक सेयरधनीको नाममा रहेको ४२ हजार ३०५ कित्ता सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयरमा हाल कायम विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने बैंकले जनाएको छ । उक्त सेयर खरिदका लागि सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिन कार्यालय समय भित्र यस बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा रहेको कम्पनी सचिवको कार्यालयमा आफुले खरिद गर्न चाहेको सेयर संख्याको व्यहोरा खुलाई आवश्यक कागजात सहितको लिखित आवेदन दिनु पर्ने छ ।
तोकिएको म्याद भित्र विद्यमान संस्थापक सेयरधनीबाट निवेदन पेश हुन नआएमा वा प्राप्त निवेदनबाट प्रस्तावित सम्पूर्ण सेयरको लागि निवेदन पेश नभएमा प्रचलित कानून बमोजिम गैर संस्थापक व्यक्ति वा संस्थालाई समेत संस्थापक सेयर बिक्री गर्ने सम्बन्धी आवश्यक प्रक्रिया अघि बढाईने बैंकले जनाएको छ ।
बैंकले अजय कुमार जालानको नाममा रहेको ३८ हजार ९०५ कित्ता, जमुना जोशीको नाममा रहेको १ हजार १३३ कित्ता, जेम जोशीको नाममा रहेको १ हजार १३३ कित्ता र जेमी जोशीको नाममा रहेको १ हजार १३३ कित्ता सेयर बिक्रीमा राखेको छ ।













समाचार
नेप्सेको सीईओका लागि ४ जनाको नाम सर्टलिस्ट, असोज २३ गते अन्तर्वार्ता र प्रस्तुतीकरण
सिमसार मासिँदै, कछुवा हराउँदै : संकटमा प्राकृतिक बासस्थान !!
शुक्ला हिलेटारलाई धार्मिक पर्यटकीय स्थल बनाउन पहल
अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइन : ‘ल्याण्ड फिलिङ’को काम धमाधम
महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो
सुन्तलामा रोग लागेपछि किसान चिन्तामा
राष्ट्र बैंकद्वारा एकीकृत परिपत्र संशोधन: भुक्तानी सीमा वृद्धि
२७ जलविद्युत् आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाट उत्पादनको बाटो खुल्यो
मुस्ताङका कृषक मर्कामा : बोटमा स्याउ अडिँदैन, ढुवानीका लागि बाटो छैन
दोहोरो वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?