
कञ्चनपुर । कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाका नौ वटै पालिकाका सबै बालबालिकालाई नियमित तथा छुट खोपको पहुँचमा ल्याएपछि पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्दै बालबालिकालाई खोपबाट रोकथाम गर्न सकिने तथा रोगबाट सुरक्षित राख्न महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताए । उनले घोषणा केवल उपलब्धिमा सीमित नरही आगामी दिनमा पनि नियमित खोप सेवाको दिगोपनामा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
स्वास्थ्य कार्यालयका अधिकृत जनक कुँवरका अनुसार जिल्लाभर रहेका १६८ खोप केन्द्रमार्फत शून्यदेखि १५ महिनासम्मका ८ हजार ६३७ बालबालिकालाई नियमित खोप सेवा प्रदान गरिएको छ । यस्तै, विगतमा खोप लगाउन छुटेका १३८ बालबालिकालाई पनि बिसिजी, ओपिभी, पिसिभी, रोटा, एफआइपिभी, दादुरा–रुबेलालगायत आवश्यक खोप लगाइएको उनले बताए ।
जन्मदेखि ११ महिनासम्मका सात हजार ९८८, ११ देखि २३ महिनासम्मका सात हजार ८७७ बालबालिका, नौ हजार ४२७ गर्भवती तथा २४ देखि ५९ महिनासम्मका सबै लक्षित बालबालिकाले आवश्यक खोप प्राप्त गरेको अधिकृत कुँवरले बताए । कार्यक्रममा खोप अभियानमा योगदान पुर्याएका विभिन्न पालिकाका खोप सहजकर्ता तथा स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम