
काठमाडौं । नेपालमा हालै आएको विनाशकारी आकस्मिक बाढी र पहिरोपछि भारत सरकारले उद्धार तथा राहत कार्यका लागि १३० टनभन्दा बढी मानवीय सहायता सामग्री हस्तान्तरण गरेको छ।
भारतीय वायुसेनाका विशेष विमानमार्फत उपलब्ध गराइएको उक्त राहत सामग्रीमा आपतकालीन औषधि, खाद्यान्न, अस्थायी टेन्ट, कम्बल, सोलार बत्ती र सरसफाइ किटका साथै बेली ब्रिज (Bailey Bridges) तथा डिएनए (DNA) परीक्षणका लागि प्रयोग हुने फोरेंसिक किटहरू समेत समावेश छन्।
भारतीय विदेश मन्त्रालयका अनुसार राहत सामग्रीसँगै प्राविधिक टोली, टनेल उद्धार विज्ञ र फोरेंसिक विशेषज्ञ गरी ५४ जनाको विशेषज्ञ टोली पनि नेपाल पठाइएको छ। यस सहायताले बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी, उद्धार तथा पुनर्निर्माणका काममा ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ। दुई देशबीचको छिमेकी सम्बन्ध र भाइचारालाई पुन: पुष्टि गर्दै भारतले संकटको यस घडीमा नेपाललाई आवश्यक सबै सहयोग निरन्तर जारी राख्ने प्रतिबद्धता जनाएको छ।












समाचार
संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री
नेपाली क्रिकेट टोलीको बिदाइ
भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, भारत र बंगलादेशमा साढे ५६ करोड युनिट बिक्री
भारतीय उद्योगपतिलाई नेपालमा लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह
प्रभु बैंकद्धारा बाढी प्रभावित परिवारहरुका लागी आश्रय स्थललाई बंक बेड हस्तान्तरण
त्रिशूली-१ जलविद्युत् आयोजनामा बेपत्ता ११ जनाको शव फेला
‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका दुई नेपाली ग्राहकको सम्मान
विपद्पछिको पुनर्निर्माणमा सार्वजनिक–निजी साझेदारी र एकीकृत आवास विकासमा जोड
धितोपत्र बोर्डबाट राष्ट्रिय वाणिज्य बैंकले पायो रु. ३ अर्बको ऋणपत्र निष्कासन गर्ने अनुमति