रिलायबल नेपाल लाइफको करिब पौने ४ लाख सेयरको लकइन अवधि साउनमा सकिदै

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको करिब पौने ४ लाख कित्ता शेयरको लकइन अवधि सकिन लागेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै आउँदो साउन ३० गतेबाट ३ करोड ७१ लाख ५७ हजार १२० कित्ता सेयरको लकइन अवधि सकिने जानकारी गराएको हो ।

जसमा संस्थापकको ३ करोड ६३ लाख ७७ हजार ६०० कित्ता र कम्पनीका कर्मचारीको ७ लाख ७९ हजार ५२० कित्ता रहेको छ । यो बोनस सेयरसहितको हो । कुनै पनि कम्पनीको सर्वसाधारणलाई जारी आइपीओको बाँडफाँट मितिले ३ वर्षसम्म संस्थापक र कर्मचारीको सेयर लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ। सोही प्रावधानबमोजिम लकइन अवधि सकिन लागेको हो ।

यद्यपि, सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको हकमा नियमानुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया