
काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन सोमबार नेप्से परिसूचक बढेर बन्द भएको छ । आगामी आर्थिक वर्षको बजेटको संघारमा सेयर बजारमा हरियाली छाएको हो ।
आज सेयर बजार परिसूचक २७.८५ अंकले बढेर बन्द भएको हो । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २७८६.३५ विन्दुमा पुगेको छ । आज सेयर बजार १ प्रतिशतले बढेको छ । सोमबार सेयर बजारमा २३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको घटेको छ । त्यस्तै ७ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ ।
आज सेन्सेटिभ इन्डेक्स पनि ३.८५ अंकले बढेर ४७५.७४ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य बढेको छ भने १ वटाको घटेको छ । परिसूचकसँगै आज कारोबार रकम पनि बढेको छ ।
आज सेयर बजारमा ३४२ कम्पनीका १ करोड ४५ लाख ४० हजार २२ कित्ता सेयर ७५ हजार ८५६ पटक खरिद बिक्री हुँदा ५ अर्ब ९८ करोड ६४ लाख १२ हजार ६०० रुपैयाँको कारोबार भएको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू