सेयर बजारको गिरावटमा लागेन ब्रेक, परिसूचक ७ अंकले घट्दा ४ अर्बको कारोबार

काठमाडौं । सेयर बजार पछिल्ला दिनहरुमा लगातार रुपमा घटिरहेको छ । अघिल्ला दुई साता उल्लेख्य रुपमा बढेको बजार यो सातामा भने लगातार रुपमा तीन दिन बजार घटेको छ । यो साताको कारोबार हुने पहिलो दिनदेखि घटेको बजार आज पनि घटेर बन्द भएको हो ।

आज सेयर बजार परिसूचक ७.७९ अंकले घटेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६८८.८८ विन्दुमा पुगेको हो । आज सेयर बजारमा १८६ कम्पनीको सेयर मूल्य घटेको छ भने ७८ कम्पनीको मूल्य बढेको छ । आज ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.७८ अंकले घटेर ४७० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने दुईवटाको मात्रै बढेको छ ।

परिसूचक घटेको दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ४२ करोड माथिको कारोबार भएको बजारमा आज भने ४ अर्ब २ करोड ९३ लाख ९० हजार ३५१ रुपैयाँको कारोबार भएको छ । आज ३४३ कम्पनीका ९७ लाख ७७ हजार ५१२ कित्ता सेयर ४८ हजार ७२ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो । परिसूचक घटे पनि आज एक कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया

ताजा अपडेट