
पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका कारण बाढी आएको छ । आज बिहानैदेखि भारी वर्षा भइरहेकाले कास्कीको अन्नपूर्ण गाउँपालिका–११ किम्रुङमा बाढी आउनुका साथै वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा मोदीखोलाको बहाव अत्यधिक बढेको हो ।
बाढीले कास्की क्षेत्रका विभिन्न स्थानमा क्षतिसमेत पुर्याएको छ । मोदीखोलामा दिउँसो ३:०० बजेदेखि पानीको सतह बढेपछि सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्वत, मोदी गाउँपालिकाले तटीय क्षेत्रमा रहेका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले मोदीखोला किनारमा बसोबास गर्नेलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको बताए । उनले खोला किनारमा काठदाउरा निकाल्न, माछा छोप्न वा अन्य कुनै प्रयोजनका लागि नजिक नजानसमेत आग्रह गरे ।
यसैगरी मोदी गाउँपालिकाले पनि सामाजिक सञ्जालमार्फत आवश्यक सतर्कता अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ । खोलामा अत्यधिक बहाव बढ्दा मोदीखोलामा सञ्चालित चारवटै विद्युत् गृहले उत्पादन बन्द गरेका छन् । मध्यमोदी, मोदीखोला, तल्लो मोदी र युनाइटेड मोदी जलविद्युत् आयोजनाले उत्पादन बन्द गरेका हुन् ।
विद्युत् गृहमा बाढीसहित ढुङ्गा, बालुवालगायत वस्तु पसेर यहाँ रहेका उपकरणहरू बिग्रिने खतराले उत्पादन बन्द गरिएको तल्लो मोदी जलविद्युत् आयोजना जनसम्पर्क अधिकृत सुरेन्द्र वेलवासेले जानकारी दिए । मोदीखोलाका पर्वत खण्डमा सुरक्षा सावधानीका लागि थप प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।












समाचार
विश्वकपको सेमिफाइनल समीकरण पूरा : उपाधि होडमा सबै पूर्व विजेता
खुद्रा काममा मात्र नअल्झिई स्वास्थ्यको प्रणालीगत सुधारमा लाग्न सरकारलाई प्रदीप पौडेलको सुझाव
बाँझो जग्गा सदुपयोग गर्न चितवनको माडी नगरपालिका ‘भूमि बैंक’ अवधारणा
ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डङ्गोल विजयी
महिलामैत्री कार्यक्रमले बदलिँदै वीरेन्द्रनगर
ग्रामीण पर्यटन वर्षमार्फत बन्दीपुरको प्रवर्द्धन गर्ने लक्ष्य
कर्णाली प्रदेशको विद्युत सेवा भरपर्दो र प्रभावकारी बनाउन यान्त्रिक क्रेन उपलब्ध गराइने
सुकुम्वासी समस्या समाधानमा सरकार गम्भीर : गृहमन्त्री गुरुङ
गणेश नेपाली मृत्यु प्रकरणमा सरकार र पीडित परिवारबीच ९ बुँदे सहमति
विश्वक फुटबल : अर्जेन्टिना सेमिफाइनमा, स्विट्जरल्यान्डको यात्रा समाप्त