
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले केही प्रमुख सञ्चारगृहका प्रवेशद्वार र पार्टी सभापति गगन थापाको निवास अगाडि नियोजित रूपमा गाडी तेस्र्याएर बाटो अवरुद्ध गरिएको घटनाप्रति घोर आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता पौडेलले सरकार आफ्नो असफलता लुकाउन अराजकताको प्रायोजक बनेको गम्भीर आरोप लगाए ।
सञ्चारगृह र नेताको निवास घेर्ने गरी गरिएको हर्कतलाई महामन्त्री पौडेलले अत्यन्तै निन्दनीय, अराजक र सस्तो स्टन्टको संज्ञा दिएका छन् । केही दिनअघि मात्र पार्किङको विषयलाई लिएर राज्यको कठोर र अव्यवहारिक रवैयाका कारण गणेश नेपालीले आत्मदाह गर्नुपरेको हृदयविदारक घटना स्मरण गराउँदै महामन्त्री पौडेलले राज्य आफैँ प्रतिशोधमा उत्रिएको टिप्पणी गरे ।
उक्त दुःखद् घटनापछि नागरिक र सञ्चारमाध्यमले उठाएका जायज प्रश्नहरूको जवाफ दिनुको सट्टा राज्य संयन्त्रकै आडमा स्टन्ट प्रदर्शन गरिएको महामन्त्री पौडेलको भनाइ छ। पौडेलले सामाजिक सञ्जालमा लेखेका छन् – ‘ल हेर, पार्किङ व्यवस्थित नहुँदा कस्तो हुन्छ भन्ने शैलीमा राज्य संयन्त्रकै आडमा आज जुन स्तरको स्टन्ट प्रदर्शन गरियो, यसले सरकारको नियत र कार्यशैली दुवै उदाङ्गो पारेको छ।’
मिडियाले राज्यका कमी-कमजोरी औंल्याएर समाचार लेखेकै वा प्रश्न सोधेकै भरमा राज्य आफैँ नागरिक र प्रेससँग सिधै प्रतिशोध लिन सडकमा उत्रिनु सत्ताको चरम दुरुपयोग भएको महामन्त्री पौडेलले सामाजिक सञ्जाल पोष्टमार्फत उल्लेख गरेका छन् । महामन्त्री पौडेलले यसलाई ‘विधिको शासनमाथिको भद्दा मजाक’ भनेका छन् ।
उनले राज्यको दायित्व समस्याको दीर्घकालीन, व्यावहारिक र न्यायोचित समाधान खोज्ने भन्दैआफ्ना असफलता लुकाउन अराजकताको प्रायोजक बन्ने होइन भनेका छन् । स्वतन्त्र प्रेस र लोकतान्त्रिक शक्तिहरूलाई यस्ता प्रायोजित अवरोध र हर्कतले तर्साउन सकिन्छ भन्ने भ्रम नपाल्न सुझाव दिंदै महामन्त्री पौडेलले राज्यशक्तिको दुरुपयोग गरेर गरिएको यस्तो गैरजिम्मेवारपूर्ण हर्कतको सम्बन्धित निकायले तत्काल जनतासामु जवाफ दिनुपर्ने बताएका छन् ।












समाचार
आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
ऊर्जामा निजी क्षेत्रका समस्या सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गरिने
दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त
सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न
बागलुङमा पर्खाल भत्किंदा पुरिएर बालकको मृत्यु
मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र
नेपाल बैकंद्वारा ग्रामीण विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री वितरण
हराएका ५१ दुईपांग्रे सवारीसाधन फिर्ता
बर्खामा यातायात सञ्चालन गर्न कल्भर्ट र पक्की पुल निर्माण