
विराटनगर। देवानगञ्ज घटनापछि उत्पन्न परिस्थितिका विषयमा मोरङमा सर्वपक्षीय सद्भाव बैठक सम्पन्न भएको छ ।
बैठकमा सहभागीहरुले जिल्लामा कुनै पनि किसिमको धार्मिक सद्भाव भड्कन नदिन सम्पूर्ण पक्षले जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।
बैठकमा जिल्लास्थित सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक तथा सामाजिक सङ्घ-संस्था, सञ्चारकर्मीको सहभागिता रहेको थियो । यस्तै बैठक पछि नागरिकलाई धार्मिक, जातीय वा साम्प्रदायिक भावनामा ठेस पुग्ने, द्वेष फैलाउने र हिंसा भड्काउने खालका अभिव्यक्ति नदिन अपिल गरिएको छ।
साथै, यस्ता विषयसँग सम्बन्धित कुनै पनि भ्रमपूर्ण सामग्री सामाजिक सञ्जालमा पोस्ट तथा शेयर नगर्नसमेत आग्रह गरिएको छ। प्रमुख जिल्ला अधिकारी युवराज कटेलको आव्हानमा बसेको बैठकले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। यस्तै विराटनगर महानगरपालिकाका विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूको प्रभावकारी र शीघ्र उपचारका लागि अस्पताल प्रशासनसँग आवश्यक समन्वय गर्ने निर्णय गरिएको छ।












समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह
नेपाल आयल निगमको कार्यकारी निर्देशक छनोट प्रक्रिया अन्तिम चरणमा, को-को परे संक्षिप्त सूचीमा