
काठमाडौं । नेपाल पर्वतारोहण संघका पदाधिकारीले आज नेपालस्थित पाकिस्तानका राजदूत मोहम्मद आमीर खान तथा उच्च अधिकारीसँग छलफल गरेका छन्।
पाकिस्तानस्थित ब्रोड पिक हिमालमा आएको हिम पहिरोमा परी बेपत्ता भएका आरोहीको खोज तथा उद्धारको काम शीघ्र, प्रभावकारी र समन्वयात्मक रुपमा अघि बढाउन छलफल गरिएको संघले जनाएको छ ।
संघका कार्यबाहक अध्यक्ष इश्वरी पौडेलको नेतृत्वमा संघ प्रतिनिधिमण्डलले पाकिस्तानी राजदूत र अधिकारीहरूसँग छलफल गरेका हुन् । सो अवसरमा राजदूत खानले घटनाप्रति दुख व्यक्त गर्दै पाकिस्तान सरकार, पाकिस्तान अल्पाइन क्लव तथा स्थानीय उद्धार निकायहरुको समन्वयमा खोज तथा उद्धार अभियान युद्धस्तरमा सञ्चालन भइरहेको बताए ।
उद्धार कार्यलाई सफल बनाउन आवश्यक सबै प्रयास जारी रहेको समेत उनले बताए । संघले बेपत्ता आरोहीको सकुशल उद्धारका लागि सबै निकायसँग समन्वय र पहल जारी राख्ने समेत बताएको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह