
गएको शुक्रवार सोलुखुम्बुको थामे खोलामा भेलबाढी आउँदा हराएका व्यक्ति फेला परेका छन् । बाढी आएपछि हराएका ५५ वर्षीय निमानुरु शेर्पा आफ्नै घरमा थुनिएको अवस्थामा भेटिनुभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
सुन्न र बोल्न नसक्ने शेर्पा भेलबाढीका कारण घरभित्र थुनिएपछि निस्कन र कसैलाई बोलाउन पनि नसकेका कारण भेटिएका थिएनन् । बाढी आउनुअघि कसैले घाँस काट्न गएको देखेको र कसैले लुगा बोकेर हिँडिरहेको देखेको बताएपछि अन्यत्र खोजी भएको थियो । तर हिजो उनी घरभित्रै बसिरहेको अवस्थामा सकुशल भेटिएका हुन् ।
यसैबीच थामे खोलाको बाढीपछि स्थलगत अध्ययनमा गएको टोलीले अन्य हिमतालको जोखिमबारे अध्ययन गर्न सुझाव दिएको छ । घटनास्थलमा पुगेर काठमाण्डौ फर्किएका रक्षामन्त्री मानवीर राईसहितको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई क्षतिको विस्तृत विवरणसहित सम्भावित जोखिमको अवस्थाबारे विज्ञ टोलीबाट अध्ययन हुनुपर्ने भन्दै स्थलगत प्रतिवेदन दिएको हो ।
हिमताल फुटेपछिको बाढी र पहिरोका कारण १७ घर र एक विद्यालय क्षतिग्रस्त भएको थियो । दिउँसोको समयमा घटना भएकोले मानवीय क्षति हुनबाट जोगिएको प्रतिवेदनमा उल्लेख छ । यसैबीच थामे खोलामा आएको बाढीपछि अबरुद्ध भएको मोवाइल सेवा सञ्चालनमा आएको नेपाल टेलिकमले जनाएको छ ।













समाचार
अब त्यस्तो दिन नदोहोरियोस् : पूर्वप्रधानमन्त्री कार्की
इन्डोनेसियामा ज्वालामुखी विस्फोटन, ३ हजार उडान अवरुद्ध, साढे ३ लाख यात्रु अलपत्र
बीमा दाबी भुक्तानी लिन बीमितलाई सम्पर्कमा आउन स्टार माइक्रोको आग्रह
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै
१६२ किलो गाँजासहित दुई जना चालक पक्राउ
कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर
प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून
दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै
भेडागोठमा लालवीरका सात दशक