
काठमाडौं । परराष्ट्र मन्त्रालय मन्त्रालयले ब्रोड पिक (Mt. Broad Peak) हिमालमा हिमपहिरो गएको खबरपछि परिस्थितिलाई नजिकबाट नियालिरहेको छ।
हाम्रो इस्लामाबादस्थित दूतावासले प्रभावित सम्पूर्ण पर्वतारोहीहरूको शीघ्र र सुरक्षित उद्धारमा सहयोग पुर्याउन अल्पाईन क्लब अफ पाकिस्तान (ACP) लगायत पाकिस्तानका सबै सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको छ। पाकिस्तानी अधिकारीहरूले खोज तथा उद्धार कार्य जारी रहेको जानकारी दिएका छन्।
इस्लामाबादस्थित हाम्रो दूतावासलाई प्राप्त जानकारी अनुसार, अनुभवी पर्वतारोही निर्मल पुर्जा “निम्स दाई” को नेतृत्वमा रहेको ब्रोड पिक हिमाल आरोहण टोलीमा पुर बहादुर गुरुङ “युक्ता”, किली पेम्बा शेर्पा “किलु”, निमा शेर्पा, नवाङ थिन्दु शेर्पा र ग्यालु शेर्पाका साथै नाधिरा अहमद अब्दुल्लाह अल हार्थी (ओमान), सोहेल साखी (पाकिस्तान), वाङ जोङ (चीन) र म्यालोरी गाइस (अमेरिका) रहेका छन्।
पाकिस्तानी अधिकारीहरूले समयमै खोज तथा उद्धार कार्यका लागि उपलब्ध सबै स्रोत-साधन परिचालन गर्ने आश्वासन मन्त्रालयलाई दिएका छन्।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह