
काठमाडौं । वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्षमा पेट्रोलियम पदार्थ आयातका लागि २ खर्ब ३८ अर्ब ५६ करोड रुपैयाँभन्दा बढी विदेशी मुद्रा बाहिरिएको छ। वीरगञ्ज भन्सार कार्यालयको वार्षिक तथ्यांकले नेपालको ऊर्जा आवश्यकता अझै आयातित इन्धनमै निर्भर रहेको देखाएको छ।
तथ्यांकअनुसार सबैभन्दा बढी रकम डिजेल आयातमा खर्च भएको छ। गत आर्थिक वर्षमा १ खर्ब ३२ अर्ब ३४ करोड रुपैयाँ बराबरको १० लाख ८५ हजार १५८ किलोलिटर डिजेल आयात गरिएको छ। यसबाट सरकारले ४४ अर्ब ३७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा डिजेल आयातको परिमाण करिब ५ प्रतिशतले घटे पनि आयात मूल्यमा भने सामान्य कमी आएको छ। अघिल्लो आवमा १ खर्ब ३८ अर्ब रुपैयाँ बराबरको ११ लाख ५० हजार किलोलिटर डिजेल आयात भएको थियो।
पेट्रोल आयातमा ४७ अर्ब ३५ करोड रुपैयाँ खर्च भएको छ। गत आर्थिक वर्षमा ४ लाख ७१ हजार किलोलिटर पेट्रोल आयात गरिएको थियो, जसबाट सरकारले २५ अर्ब ३७ करोड रुपैयाँ राजस्व उठाएको छ। अघिल्लो आर्थिक वर्षमा ४८ अर्ब ७२ करोड रुपैयाँ बराबरको ४ लाख ५३ हजार किलोलिटर पेट्रोल आयात भएको थियो।
एलपी ग्यास आयातमा पनि ठूलो परिमाणमा विदेशी मुद्रा बाहिरिएको छ। गत आर्थिक वर्षमा २८ करोड ५९ लाख किलो एलपी ग्यास आयात गर्न ३३ अर्ब ५२ करोड रुपैयाँ खर्च भएको छ। यसबाट सरकारले ६ अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। अघिल्लो आवमा ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको ३१ करोड ८९ लाख किलो एलपी ग्यास आयात भएको थियो।
हवाई इन्धन आयात भने उल्लेखनीय रूपमा बढेको छ। गत आर्थिक वर्षमा २३ अर्ब ६२ करोड रुपैयाँ बराबरको १ लाख ८८ हजार किलोलिटर हवाई इन्धन आयात भएको छ। अघिल्लो आर्थिक वर्षमा १६ अर्ब १४ करोड रुपैयाँ बराबरको १ लाख ८० हजार किलोलिटर हवाई इन्धन आयात गरिएको थियो।
यता, मट्टितेलको प्रयोग भने निरन्तर घट्दै गएको देखिएको छ। गत आर्थिक वर्षमा ३७ करोड रुपैयाँ बराबरको ४ हजार २ सय किलोलिटर मट्टितेल आयात भएको छ। अघिल्लो आर्थिक वर्षमा ६९ करोड रुपैयाँ बराबरको ७ हजार २ सय किलोलिटर मट्टितेल आयात भएको थियो।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार डिजेल, पेट्रोल र एलपी ग्यास नै पेट्रोलियम आयातको मुख्य हिस्सा हुन्। यी तीन इन्धनको आयातबाट मात्रै सरकारले गत आर्थिक वर्षमा करिब ८० अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।












समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय
पर्वतारोहण संघले भेट्यो पाकिस्तानी राजदूत, उद्धार तीव्र बनाउन आग्रह