६ अंकले घट्यो सेयर बजार, कारोबार रकम ७ अर्ब ९७ करोड

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.९९ अंकले घटेर २६४०.९६ मा पुगेको हो । आज फ्लोट इण्डेक्स .अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०८ अंक बढेको छ। सेन्सेटिभ इण्डेक्स भने यस दिन स्थिर रहेको छ।

आज ३ सय ११ कम्पनीले ७ अर्ब ९७ करोड ८ लाख ८६ हजार ६ सय ६३ रुपैयाँको १ करोड ७१ लाख ८ हजार ८ सय ९ कित्ता सेयर किनबेच गरेको छ । आज राधी विद्युत कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ९१ करोड २३ लाख ९० हजार रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ८ सय ३८ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज ९४ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ५३ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । साथै, आज ४ कम्पनीके सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ओम मेगा श्री फर्मास्युटिकल्स लिमिटेडकोे सेयर ९।७६ प्रतिशतले घटेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार