
कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयले विश्वविद्यालय तथा अन्तर्गतका सबै क्याम्पसहरूको प्रशासनिक क्षमता अभिवृद्धि गरी सेवा प्रवाहलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउनका साथै सुशासनलाई संस्थागत गर्न तथा आधुनिक प्रविधिको प्रयोगमार्फत कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन कार्यशाला गोष्ठी सुरु गरेको छ ।
कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयले शैक्षिक प्रशासन र व्यवस्थान तथा शैक्षिक प्रशासनमा कृत्रिम बुद्धिमत्ताको प्रयोगसम्बन्धी दुईदिने कार्यशाला गोष्ठी आजदेखि सुरु भएको हो । सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयका सूचना अधिकारी नवीन बमले विश्वविद्यालयले प्रशासनिक व्यवस्थापनलाई आधुनिक, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले गोष्ठी आयोजना गरिएको जानकारी दिएका छन् ।
विश्वविद्यालयका उपकुलपति प्रा डा किसनदत्त भट्टको अध्यक्षता तथा राष्ट्रिय योजना आयोगका सदस्य एवं कृत्रिम बुद्धिमत्ता (एआई) विज्ञ प्रा डा सुदन झाले उद्घाटन गरेका छन् । कार्यशालामा विश्वविद्यालयका आङ्गिक क्याम्पसका क्याम्पस प्रमुख, विभाग प्रमुख, स्कुल प्रमुख तथा प्रशासनिक कर्मचारीहरूको सहभागिता रहेको सूचना अधिकारी बमले जानकारी दिएका छन् । कार्यशालामा आधुनिक प्रविधि तथा कृत्रिम बुद्धिमत्ताको प्रयोगमार्फत प्रशासनिक कार्यसम्पादनलाई थप प्रभावकारी, व्यवस्थित र प्रविधिमैत्री बनाउने विषयमा समेत छलफल तथा प्रशिक्षण दिइने छ ।













समाचार
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
एन्फा कार्यालयमा सीआईबीको छापा, कागजात नियन्त्रणमा
विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
निजी क्षेत्रतर्फ कर्जा बढ्यो साढे २३ अर्ब
साझा यातायातको डिजिटल टिकटिङ प्रणालीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सहकार्य
भदौमा १३६ उद्योगका लागि ६ अर्ब २७ करोड लगानी प्रतिबद्धता
प्रिमियममा आईपीओ ल्याउन लगातार ३ वर्ष नाफा अनिवार्य: धितोपत्र बोर्ड
५० रुपैयाँको नयाँ नोट आजदेखि प्रचलनमा
ट्रेजरी बिलमार्फत सरकारले २५ अर्ब ५३ करोड आन्तरिक ऋण उठाउँदै