
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका क्षेत्रमा लागू गरिएको कर्फ्यु आदेश हटाएको छ। जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको समीक्षा तथा विश्लेषणपछि उक्त निर्णय गरिएको प्रशासनले जनाएको हो।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम गोलबजार नगरपालिका क्षेत्रमा लागू गरिएको कर्फ्यु २०८३ साउन १७ गते साँझ ७:०० बजेदेखि हटाइएको हो। प्रशासनले सार्वजनिक गरेको सूचनामा जिल्लाको सुरक्षा अवस्था मूल्यांकनपछि कर्फ्युको आवश्यकता नरहेको निष्कर्षका आधारमा आदेश फिर्ता लिइएको उल्लेख गरिएको छ। यससँगै गोलबजार क्षेत्रमा कर्फ्यु आदेश समाप्त भएको प्रशासनले जानकारी दिएको छ।
फेसबुक प्रतिक्रिया













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि