
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले नाफामा उल्लेख्य वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा उल्लेख्य वृद्धि देखिएको हो ।
कम्पनीले गत आर्थिक वर्षको अन्तिमसम्ममा १९ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०३६.४० प्रतिशतले बढी हो । अघिल्लो वर्षको चौथो त्रैमाससम्म कम्पनीको नाफा १ करोड ७० लाख रुपैयाँ रहेको थियो । त्यसैगरी गत वर्ष कम्पनीले ४९ करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । कम्पनीले अघिल्लो वर्ष ३५ करोड ५९ लाख रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो । कम्पनीको कुल सञ्चालन आम्दानी पनि ३९ करोड ५१ लाख रुपैयाँबाट बढेर ५३ करोड ८५ लाख रुपैयाँ नाघेको छ ।
आम्दानी बढेसँगै कम्पनीको सञ्चालन मुनाफा २२ करोड ३५ लाख रुपैयाँबाट बढेर २७ करोड ६१ लाख रुपैयाँ नाघेको छ । त्यस्तै समीक्षा अवधिमा वितरणयोग्य मुनाफा ४ करोड ७७ लाख रुपैयाँबाट बढेर १६ करोड ५० लाख रुपैयाँ नाघेको छ ।
कम्पनीको खराब कर्जा १२.१६ प्रतिशतबाट घटेर ९.८० प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २२७.९१ रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ४.६० रुपैयाँबाट बढेर ४९.८८ रुपैयाँ पुगेको छ । चुक्ता पुँजी ३८ करोड ७४ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भ कोषमा ३३ करोड ६ लाख रुपैयाँ सञ्चिति रहेको छ । कम्पनीले ६ अर्ब १७ करोड ३९ लाख रुपैयाँ कर्जा प्रवाह गरी २ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।













समाचार
बाढीप्रभावितलाई ‘मोड्युलर’ घर र एकीकृत सहर निर्माण गरी पुनःस्थापना गरिने
अर्बौं लगानी भैसकेका संखुवासभाका चार जलविद्युतको काम रोक्न स्थानीयको दबाब
विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
नेप्सेको डेटा सेन्टरकाे समस्यापछि धितोपत्र बोर्डले गठन गर्यो छानबिन समिति
प्रभु बैंकको ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना’ सार्वजनिक
‘गौरवको यात्रा’: अन्नपूर्ण स्पाइकर किंग्सको नेपाल भलिबल लिग सिजन १ को ट्रफी टुर अन्नपूर्ण बेस क्याम्पमा भव्यताका साथ सम्पन्न
बिजुलीमा लगाइएको भ्याट हटाइने
न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
संयुक्त राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री र प्रतिपक्षी दल कांग्रेसबीच छलफल
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १४ अर्ब ८८ करोड पुग्यो