
काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । गत साताको अन्तिम दिन बढेको बजार आज भने १.२० अंकले घटेको हो ।
आजको कारोबार बन्द हुँदा नप्से परिसूचक २६८४.३३ विन्दुमा पुगेको छ । कारोबार अवधिमा सेयर बजार परिसूचक २७०५ विन्दुसम्म पुगेर फर्किएको हो । आज सेयर बजारमा १४१ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै १२६ कम्पनीको सेयर मुल्य आज घटेको छ । त्यस्तै ७ कम्पनीको सेयर मुल्य आज स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स भने ०.४९ अंकले बढेर कारोबार भएको छ । आज सेन्सेटिभ इन्डेक्स ४७०.६३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य बढेको छ भने ५ वटाको सेयर मूल्य घटेको छ ।
परिसूचक घटेको दिन कारोबार रकममा भने केही सुधार भएको छ । आज सेयर बजारमा साढे ४ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३४९ कम्पनीका १ करोड १४ लाख ४९ हजार ९८७ कित्ता सेयर ६३ हजार ६४८ पटक खरिद बिक्री हुँदा ४ अर्ब ५७ करोड २० लाख ८४ हजार २३१ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि