
काठमाडौं । इरान– अमेरिका वार्ताको घोषणा भएसँगै अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ । एक साताअघिसम्म इरानलाई सैन्य हमलाको धम्की दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एकाएक वार्ताका लागि लचक भएसँगै त्यसको प्रभाव इन्धनको मूल्यमा पनि परेको हो ।
ट्रम्पले इरानसँग वार्ता गर्ने र सम्झौताको ड्राफ्ट समेत तयार भएको दाबी गरिएको छ । यो घोषणाले अन्तर्राष्ट्रिय नाका स्ट्रेट अफ हर्मुजमार्फत आपूर्ति पूर्ण रुपमा सहज हुने विश्वासले तेलको मूल्य सोमबार घटेको हो ।
सोमबार कच्चा तेलको मूल्य ५ देखि ६ प्रतिशतसम्म घटेको छ । डब्लूटीआई क्रुड आयल ६.३७ प्रतिशत घटेर प्रतिब्यारेल ७९.२८ अमेरिकी डलरमा झरेको छ । त्यस्तै ब्रेन्ट क्रुड आयल ५.५४ प्रतिशत मूल्य घटेर ८३.०७ तथा मुर्बान क्रुड आयलको ६.५७ प्रतिशत मूल्य घटेसँगै ७९.८७ डलर प्रतिब्यारेलमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा भएको परिवर्तनले नेपालसहित विश्वभर प्रशोधित तेलको मूल्यमा असर पर्दछ । यद्यपि नेपालमा भने गएरातिबाट पेट्रोलियम पदार्थको मूल्य बढाइएको छ ।












समाचार
वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार
कालीगण्डीको कटानबाट जोगाउन घरापमा कम्पोजिट पर्खाल
त्रिभुवन विश्वविद्यालयको ५२ औँ दीक्षान्त समारोहका लागि अनलाइन आवेदन खुला
राष्ट्रियसभाको बैठक आज बस्दै
श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट एनपीएल खेल्ने
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड
मनसुनी सँगै पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर