
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले स्वदेशी उत्पादनको प्रवर्द्धन, उपभोक्तालाई गुणस्तरीय वस्तुको सुनिश्चितता तथा विदेशी आयातमा निर्भरता घटाउने उद्देश्यका साथ नेपाल गुणस्तर (एनएस) चिन्ह लिन उद्योगी तथा व्यवसायीलाई आह्वान गरेकी छन् ।
आज मन्त्रालयमा नेपाल गुणस्तर तथा नापतौल विभागकी महानिर्देशक कुमारी ज्योति जोशी तथा विभागका अन्य अधिकारीहरूसँग भएको छलफलमा मन्त्री यादवले नेपालमा उत्पादन हुने वस्तुको गुणस्तर सुनिश्चित गर्न नेपाल गुणस्तर चिन्हको दायरा विस्तार गर्नुपर्नेमा जोड दिएकी हुन् ।
उनले नेपालमै उत्पादन भएका वस्तुहरूलाई स्वदेशी बजारमा सहज रूपमा बिक्री–वितरण गर्न तथा उपभोक्तामाझ विश्वास बढाउन नेपाल गुणस्तर चिन्ह आवश्यक रहेको बताइन् । यसका लागि सरकारले व्यवसायीलाई आवश्यक प्रोत्साहन दिने र गुणस्तर चिन्ह प्राप्त गर्ने प्रक्रियालाई थप सहज बनाउने निर्णय गरेको उनले जानकारी दिइन् ।
मन्त्री यादवले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेका वस्तुहरूलाई अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात तथा बिक्री–वितरण गर्न सहज हुने उल्लेख गर्दै उनले त्यसका लागि आवश्यक सम्पूर्ण प्रक्रियामा मन्त्रालयले सहजीकरण गर्ने बताइन् ।
हालसम्म नेपालमा उत्पादन हुने सिमेन्ट, रड, टायरलगायत विभिन्न औद्योगिक उत्पादनले नेपाल गुणस्तर चिन्ह प्राप्त गरिसकेका छन् । पछिल्लो समय नेपालमै उत्पादन हुने सेनेटरी प्याडले समेत नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ । यद्यपि अझै धेरै उद्योग तथा कम्पनीहरूले नेपाल गुणस्तर चिन्ह लिन बाँकी रहेकाले समयमै आवश्यक प्रक्रिया पूरा गर्न मन्त्रालयले आह्वान गरेको छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम