
काठमाडौं । साताको सेयर कारोबार हुने दोस्रो दिन नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ । अघिल्लो दिन सामान्य अंकले घटेको बजार आज भने २१.१५ अंकले घटेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६६३.१८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा २१४ कम्पनीको सेयर मुल्य घटेको छ भने ५८ कम्पनीको सेयर मूल्य बढेको छ । आज ५ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स पनि २.६६ अंकले घटेर ४६७.९६ विन्दुमा पुगेको छ । मंगलबार सबै १३ वटै उपसूचकको सेयर मूल्यमा गिरावट आएको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन साढे ४ अर्बको कारोबार भएको बजारमा आज भने ४ अर्ब माथिको मात्रै कारोबार भएको छ । आज ३४३ कम्पनीका १ करोड ७ लाख ६१ हजार ३९६ कित्ता सेयर ५२ हजार २७२ पटक खरिद बिक्री हुँदा ४ अर्ब ७ करोड ८ लाख ५३ हजार ६१० रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन